आठौं राष्ट्रिय खेलकुद : पुरुष रिलेमा एपिएफलाई स्वर्ण

आठौं राष्ट्रिय खेलकुद : पुरुष रिलेमा एपिएफलाई स्वर्ण

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख ८, २०७६

दाङ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुषतर्फको ४ गुणा ४ सय मिटर रिले दौडमा एपिएफ क्लबले स्वर्ण जितेको छ । 

दाङ, बेलझुन्डीमा आइतबार भएको प्रतियोगितामा एपिएफका सत्यबहादुर बुढा, आशिष चौधरी, शिवराज पार्की र निरप्रताप महतोले स्वर्ण जिते । उनीहरूले निर्धारित दूरी ३ मिनेट २४ दशमलब ०९ सेकेन्डमा पूरा गरे । 

उक्त स्पर्धामा नेपाल आर्मी क्लबले रजत जितेको छ । आर्मीका चेतनारायण ढनेत, जीवन चौधरी, अशोक कुँवर र आनन्द देव चौधरीले निर्धारित दूरी ३ मिनेट २५ दशमलव ३२ सेकेण्डमा पूरा गरे । 

प्रदेश ५ का सिमान्त पाण्डे, माधवकुमार चौधरी, निरजकुमार चौधरी र सर्वण कुवेरले निर्धारित दूरी ३ मिनेट ३० दशमलव २५ सेकेण्डमा पूरा गर्दै कास्य जिते । 

महिलातर्फको स्वर्ण भने आर्मीले जितेको छ । एपिएफले रजत जित्दा प्रदेश ५ ले कास्य जितेको छ ।