आदिवासी जनजाति साहित्यकार महासंघमा मुकारुङ

आदिवासी जनजाति साहित्यकार महासंघमा  मुकारुङ

लोकसंवाद संवाददाता  |  साहित्य  |  चैत्र ९, २०७७

काठमाडौँ । आदिवासी जनजाति साहित्यकार महासंघको ललितपुरमा सम्पन्न दुई दिने प्रथम राष्ट्रिय भेलाले साहित्यकार राजन मुकारुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। 

महासंघका अनुसार  वरिष्ठ उपाध्यक्ष टंक सेलिङ र उपाध्यक्ष रजनीमिला, जगबहादुर बुढा, डा‍. विष्णुकुमार सिँजाली, वेचन उराँव, डा. कृष्णराज सर्वहारी, डा. सोमबहादुर धिमाल, गौरी तमू र उत्तमकुमार सुनुवार चयन भएकाे छ । 

महासचिवमा बुद्ध योञ्जन लामा‚ सचिवमा लक्ष्मी रुम्बा, अन्वेश थुलुङ, प्रेमिला राई, बच्चु हिमांशु, जीवनप्रवेश रोकामगर, कुन्साङ र मेनुका छन्त्याललाई भेलाले चयन गरेको छ। महासंघको कोषाध्यक्षमा उर्मिला गम्बा थारु र सह–कोषाध्यक्षमा जितेन पन्धाक चयन गरिएको जनाएको छ ।

महासंघको सदस्यहरुमा हेन्सेन याक्खा, अञ्जना इछमफूल, पवित्रा थापामगर, विराट किराती, राम बि। लामा, डा। चित्र माबो, रोशन गुरुङ, रामलाल उराँव, कविराज तामाङ, गणेश कुमाल, चोमु शेर्पा 'खुसी', नेपोलियन चेपाङ, तेजेन्द्र ताजपुरिया, महेन्द्र थुलुङ राई, सर्मिला रोका मगर, रामगोपाल आशुतोष र लालबहादुर भुजेल रहेको जनाइएको छ ।