श्रीलंकामा श्रृखंलावद्ध बम विष्फोटः १२९ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

श्रीलंकामा श्रृखंलावद्ध बम विष्फोटः १२९ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ८, २०७६


श्रीलंका को राजधानी कोलंबो सहित विभिन्न ६ स्थानमा भएको बम विस्फोटमा परि १२९ जनाको मृत्यृ भएको पुष्टि भैसकेको छ भने ३०० भन्दा धेरै घाइते भएका छन् । 

इस्टरको समयमा भएको श्रृखंलावद्ध विष्फोटले श्रीलंका आतंकित भएको छ । राजधानी कोलम्बो लगायतका स्थानमा भएको विस्फोटमा १२९ जनाको मृत्यृ भएको पुष्टि भएपनि मर्नेको संख्या अझ बढ्ने बताइएको छ । इशाईहरुलाई निशाना बनाइएको ठानिएको यस विस्फोटमा ३ चर्च सहित अन्य स्थानमा विस्फोट भएको हो । 

विस्फोट पछि श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेले आपत्कलिन बैठक बोलाएका छन् भने  राष्ट्रपति मैत्रीपाला सिरिसेनाले जनतालाई शान्ति कायम राख अपिल गरेका छन् । उनले सुरक्षा निकायलाई घटनाका जाँच गरि दोषिलाई कडा भन्दा कडा कारवाही गरिने पनि बताएका छन् । 

कोलम्बसको सेंट एन्टनी चर्च, पश्चिम तटीय शहर नेगोंबोको सेबेस्टियन चर्च तथा पूर्वी शहर बट्टिसिओको एक चर्च गरि ३ चर्चमा विस्फोट गराइएको हो । यसका अलावा सांग्रीला, सिनामोन ग्रान्ड तथा किंग्सबरी गरी तीनवटा पाँचतारे होटलमा पनि विस्फोट गराइएको छ । 

बिहान पौने नौ बजे भएको श्रृखंलाबद्ध विस्फोटमा सबैभन्दा बढी राजधानी कोलम्बोमा मानिस मारिएका छन् । विस्फेटपछि मानिसहरु आत्तिएर भागाभाग गरेका थिए । घाइतेको कोलम्बोको नेशनल हस्पिटलमा उपचार भैरहेको छ । 

श्रीलंकामा भएको श्रृखंलाबद्ध बम विस्फोटको विषयमा ट्वीट गर्दै भारतीय विदेश मन्त्री सुष्मा स्वराजले हामी सम्पूर्ण घटनालाई चनाखोपूर्वक नियाली रहेका छौं ।  

चर्चमा प्रार्थना गर्न मानिसहरु जम्मा भएका समयमा घटना घटेको थियो । अहिलेसम्म घटनाको कसैले पनि जिम्मा लिएको छैन् । 

श्रीलंकामा भएको गृहयुद्ध पछि यो नै सबैभन्दा ठूलो बम विस्फोटको घटना बताइएको छ । सन् २००६ मा भएको पछिल्लो घटनामा सेनाको गाडीमा विस्फोट गरि तामिल उग्रवादीले ११२ जनाको हत्या गरेका थिए ।