वैज्ञानिकले मुटु बनाए

वैज्ञानिकले मुटु बनाए

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  बैशाख ८, २०७६

इजरायलका अनुसंधानकर्ताले ३ डि प्रिन्टिग प्रविधिबाट मुटु बनाउने सफलता पाएका छन । यो मुटु मानव कोशिकाबाट बनाइएको हो ।

काठमाडौं । मुटुरोगले विश्वभर वर्षेनी करोडौं मानिस मर्ने गर्छन । मुटु मानव शरीरमा अति महत्वपूर्ण अंग हुनुका साथै अत्यन्त जटिल संरचना भएको अंग पनि हो ।

इजरायलका वैज्ञानिकले मुटु जस्तो महत्वपूर्ण मानव अंग बनाउने दिशामा  ठूलो उपलब्धी हात पारेका छन ।

‘उनीहरुले ३ डि प्रिटिंग प्रविधिको सहयोगले मुटु वनाएका छन । अहिले बनाइएको मुटु खरायोको मुटु जत्रो हो । यसमा कोशिका र रक्तप्रबाह  धमनी बनाउने सफलता पहिलोपटक प्राप्त भएको हो ।’

अनुसन्धानमा संलग्न  प्रो. तल द्धिरका अनुसार हामीले खरायोको मुटु आकारको मुटु वनाउने सफलता प्राप्त गरेका छौ । निकट भविस्य मै हामी मानव मुटु आकारको मुटु बनाउन सक्षम हुने छौ ।