‘सजातीय विवाहले पुरुषमा नपुंसकता’

‘सजातीय विवाहले पुरुषमा नपुंसकता’

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ८, २०७६

हैदरावाद । स्पम्र्सको उत्पादनका लागि आवश्यक वाई क्रोमोजोम घट्दा भारतीय पुरुषमा नपुंसकता देखिएको अनुसन्धानकर्ताले पत्ता लगाएका छन् । 

‘साइन्टिफिक रिपोर्ट्र्स’ पत्रिकामा प्रकाशित शोधपत्रमा भनिएको छ, ‘नश्लीयता, स्वजातीय विवाह तथा लामो समयसम्म भौगोलिक बिसमताका कारण भारतीय पुरुषमा यी क्रोमोजोम घटाउन अहम भूमिका निभाएको छ ।’

सेन्टर फर सेलुलर एन्ड मोलेक्युलर बायोलोजीका के थंगराजलगायत अन्य शोधार्थीका अनुसार मानिसमा वाई क्रोमोजोम एजुसपर्मिया कारक (एजेडएफ) क्षेत्र घट्दा पुरुषमा अण्डकोष तथा स्पर्मसम्बन्धी विकार पैदा हुन्छन् । 

अध्ययनका लागि शोधकर्ताले ९७३ नपुंसक पुरुषको रगत जाँचेका थिए, जसमध्ये ७७१ मा एजुसपर्मिया (स्पर्म नभेटिनु), १०५ मा ओलिगोजुसपर्मिया (स्पर्मको संख्या कम हुनु) तथा ९७ मा ओलिगोटेकाटोजुसपर्मिया (स्पर्मको कम संख्यासँगै उनको असामान्य आकृति र आकार) भेटिएको थियो । अध्ययन अनुसार भारतीय पुरुषमा नपुंसकता बढेर २९.४ प्रतिशतसम्म पुगेको छ, जसमध्ये नन एलेलिक होमोलोगस रिकम्बिनेसन (डिएनको सिक्वेन्स) २५.८ प्रतिशत पाइएको छ । यो सजातीय विवाहको कारण देखिएको शोधकर्ताको भनाइ छ । 

भारतमा स्वजातीय विवाहको प्रचलन दुई हजार वर्षदेखि चलिआएको छ । यस्तोमा वाई क्रोमोजोममा एजेएफ घट्नु तथा भारतीय पुरुषमा नपुंसकता बढ्नु बारेको अध्ययन गर्नु आवश्यक रहेको सोधकर्ताको भनाइ छ ।