प्रज्ञामा पुस्तक प्रदर्शनी सुरु

प्रज्ञामा पुस्तक प्रदर्शनी सुरु

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ८, २०७६

काठमाडौ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी २०७६ वैशाख ८ गते आइतवारदेखि शुरु भएको छ ।

 नववर्ष तथा विश्व पुस्तक दिवसका अवसरमा आयोजित पुस्तक प्रदर्शनीको नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गर्नुभयो । सो अवसरमा कुलपति उप्रेतीले पाठकहरूको मागलाई ध्यानमा राखेर प्रज्ञा–प्रतिष्ठानले विभिन्न अवसरहरू पारेर पुस्तक प्रदर्शनी गर्ने गरेको बताउनुभयो । उहाँले प्रज्ञा–प्रतिष्ठानका प्रकाशनहरू बजारमा सहजै उपलब्ध हुन नसकेको अवस्थामा यस्ता प्रदर्शनीले पाठकलाई सुविधा दिने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा उपकुलपति डा‍. जगमान गुरुङ, सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद् सदस्यहरू  प्रा. दिनेशराज पन्त, प्रा.डा. योगेन्द्रप्रसाद यादव, डा. हेमनाथ पौडेल, प्रा.डा. उषा ठाकुर, माया ठकुरी,   प्रा.डा. गोपीन्द्र पौडेल, लक्ष्मी माली र डा. देवी नेपाल उपस्थित रहेकाे थियाे । 

वैशाख २२ गतेसम्म जारी रहने प्रदर्शनीमा पुस्तक खरिदमा ४० देखि ६० प्रतिशतसम्म छुट पाइने छ ।