शिवपुरी साहित्य समाज : कार्यसमिति सदस्य प्रकाश घायललाई नै सम्मान ! (निर्णयको प्रतिसहित)

शिवपुरी साहित्य समाज : कार्यसमिति सदस्य प्रकाश घायललाई नै सम्मान ! (निर्णयको प्रतिसहित)

लोकसंवाद संवाददाता  |  साहित्य  |  चैत्र ११, २०७७

काठमाडौँ । शिवपुरी साहित्य समाजले २०७६ सालको 'शिवपुरी गजल सम्मान'द्वारा समाजका कार्यसमिति सदस्य प्रकाश घायललाई नै सम्मान गर्ने निर्णय गरेर अनौठो परम्पाराकाे थालनी गरिएको साहित्य क्षेत्रमा चर्चा सुरु भएको छ । 

२०७७ चैत्र ८ गते  शिवपुरी साहित्य समाजका अध्यक्ष वियोगी बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले आफ्नै कार्यसमिति सदस्य प्रकाश घायललाई पहिलो नम्बरमा सम्मान गर्ने निर्णय गरिएको छ । समाजका एक सदस्यका अनुसार कार्यसमिति सदस्यलाई सम्मान सहितको पुरस्कार दिने कि नदिने भन्ने विषयमा विवाद हुँदा बैठकमा उपस्थित भए पनि हस्ताक्षार नगरी सम्मान सहितको पुरस्कार दिने निर्णय गरिएको थियो । 

सोही बैठकले ०७६ सालको  विष्णु- पुष्पा साहित्यिक पत्रकारिता पुरस्कार पल्व साहित्यिक विविध पत्रिकाका सम्पादक  गोर्खे साइँलो लामिछानेलाई, मानशाेभा प्रतिभा पुरस्कार कवि राधा आचार्य अधिकारी र नरबहादुर भारती पुरस्कार डा‍‍. धनप्रसाद सुवेदीलाई प्रदान गर्ने निर्णय गरिएको छ । 

त्यसैगरी  सोही बैठकले ०७७ सालकाे शिवपुरी गजल सम्मान श्री रावतलाई, विष्णु-पुष्पा साहित्यिक पत्रकारिता पुरस्कार कपन-बानेश्वरका  सम्पादक  निबन्ध आचार्यलाई, मानशाेभा प्रतिभा पुरस्कार डा. भीष्म कुमार भुषाल र नरबहादुर भारती पुरस्कार कवि उन्नति बोहाेरालाई प्रदान गर्ने निर्णय गरिएको  थियो । 

यस्तो छ बैठकको  निर्णयको प्रति