बफरजोनबाट रेडपाण्डाको ७ थान छाला र पासो सहित ३ जना प्रहरी खाेरमा

बफरजोनबाट रेडपाण्डाको ७ थान छाला र पासो सहित ३ जना प्रहरी खाेरमा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १२, २०७७

सोलुखुम्बु ।  महाकुलुङ गाउँपालिका-३ मकालु वरुण राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्र बफरजोनबाट रेडपाण्डाको ७ थान छाला र रेडपाण्डा मार्न प्रयोग गरिने ५ थान पासो सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको  छ । 

पक्राउ पर्नेहरूमा महाकुलुङ गाउँपालिका-२ बस्ने ७६ वर्षीय जगत बहादुर राई, सोही गाउँपालिका-३ बस्ने ५७ वर्षीय मितुरधन राई र ५६ वर्षीय कविराखर राई रहेका छन् । 

बफरजोनभित्र वन्यजन्तु चोरी शिकारी तथा तस्करी भईरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त छाला र पासोसहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको  प्रहरीले जानकारी दिएको  छ ।