अतिसीमान्तकृत बराम समुदायको निःशुल्क स्वास्थ्य बीमा

अतिसीमान्तकृत बराम समुदायको निःशुल्क स्वास्थ्य बीमा

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  चैत्र १२, २०७७

गोरखा । बारपाक सुलिकोट गाउँपालिकाले बराम समुदायको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । गाउँपालिकाले जागिर खाइरहेका, सरकारी सेवा सुविधा तथा पेन्सन सुविधा पाउँदै आएकाबाहेक ती समुदायका अन्य सबैका बीमा गर्न शुरुआत गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

“पालिकाभित्रका करिब दुई हजारभन्दा बढी बराम समुदायको स्वास्थ्य बीमा गरिएको छ”, उहाँले भन्नुभयो, “अतिसीमान्तकृतभित्र पनि आयस्रोत नै नभएका घरपरिवारको पहिचान गरी कार्यक्रम कार्यान्वयन गरिएको हो ।” बिरामी भइहाले उपचार गर्न सक्ने अवस्थामा नै नरहेका परिवारको स्वास्थ्योपचारमा पहुँच पु¥याउने उद्देश्यले गाउँपालिकाले सो समुदायलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन गरिदिएको उहाँले बताउनुभयो ।

गाउँपालिकाले अहिलेसम्म करिब ५१३ घरघुरीका दुई हजार २३ को निःशुल्क स्वास्थ्य बीमा गराइसकेको अध्यक्ष भट्टले जानकारी दिनुभयो । “केही वडामा अझै बीमा गराउन बाँकी नै छ”, उहाँले भन्नुभयो, “दर्ता सहयोगीको व्यवस्थापन भएलगत्तै बाँकी रहेका वडाका बराम समुदायका परिवारको पनि बीमा गरिनेछ ।” आफैँले खर्च गरेर स्वास्थ्य बीमा गर्न नसक्ने परिवारका लागि गाउँपालिकाले ल्याएको कार्यक्रमले खुशी भएका छन् ।

गाउँपालिकाले वडा नं ३ का  ३०६, ४ का  २६६, ६ का ५८३, ७ का  ३९७ र वडा नं ८ का ४७१ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको उहाँले जानकारी दिनुभयो । बीमा गराएको परिवारको स्वास्थ्य बीमावापतको तिर्नुपर्ने रकम गाउँपालिकाले व्यहोरेको अध्यक्ष भट्टले बताउनुभयो ।

“बीमा गराएका सबैको बिमा शुल्कवापतको कूल १९ लाख २३ हजार ५५० रकम स्वास्थ्य बीमा बोर्डलाई गाउँपालिका उपलब्ध गराइसकिएको छ”, उहाँले भन्नुभयो, “बीमा गराउन बाँकी बराम समुदायका घरपरिवारको बीमावापतको रकम पनि गाउँपालिकाले नै व्यर्होने छ ।” स्वास्थ्य बीमा गराउन बोर्डले खटाएका गणक घरघरमा पुगेर बीमा गराएको बीमा बोर्ड जिल्ला कार्यालयले जनाएको छ ।
प्युठान । कृषि तथा पशुपक्षी विकास कार्यालय प्युठानले गाईभैँसीको उपचारका लागि ‘डोर टु डोर’कार्यक्रम सञ्चालन गरिरहेको छ ।  प्रदेश सरकारको कार्यक्रमानुसार गत फागुन २४ गतेदेखि जिल्लामा सो कार्यक्रम शुरु गरिएको हो । 
जिल्लाका व्यावसायिक रुपमा गाईभैँसीपालन र डेरी करिडोर क्षेत्रमा घरदैलो सेवा सञ्चालन गरिएको कार्यालयका पशु विकास अधिकृत डा हरिनारायण थारुले जानकारी दिनुभयो ।

दूधालु गाईभँैसीमा प्रजनन विकृति निवारणका लागि कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।  पहिलो चरणमा प्युठान नगरपालिकाका २१ गाईभँैसीको उपचार गरिएको छ । 

“एक पटकमा समस्याग्रस्त २० गोठमा जाने योजनानुसार कार्यक्रम सञ्चालन गरेका छौँ”, उहाँले भन्नुभयो, “पहिलो चरण सकायांैँ, अबको हप्ता, १० दिनमा दोस्रो चरण शुरु गर्छौँ ।” पहिलो चरणमा प्युठान नगरपालिकामा गाईभैँसीको उपचार गरे पनि दोस्रो चरणमा अन्य क्षेत्रमा जाने उहाँले बताउनुभयो । 

गाईभैँसीको बाँझोपन, जुका, माटे, खनिजतत्व कमीबारे उपचार गरी पशुको प्रजनन स्वास्थ्य बढाउने लक्ष्य कार्यक्रमको रहेको पशु विकास अधिकृत थारुले बताउनुभयो । पशुको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि किसानलाई कार्यालयले निःशुल्क उपलब्ध गराउने गरेको छ ।

 एक गाईभैँसीलाई उपचारका लागि व्यवस्थापकीय खर्चसहित रु १० हजार खर्च हुने बताइएको छ । “गाईभैँसीमा बाँझोपन भयो भने प्रजनन नहुने र दूध उत्पादन पनि नहुने हुन्छ”, उहाँले भन्नुभयो, “उपचारपश्चात् प्रजनन  हुने र दूध उत्पादन पनि हुनेछ ।”

कृषि कार्यालयले कार्यक्रम सञ्चालन गरेपछि किसान खुशी भएका छन् । कार्यालयबाट घरमै पुगेर सो सेवा दिनु राम्रो भएको प्युठान– ९ मरन्ठानाका किसान बोमबहादुर भण्डारीले बताउनुभयो । आफूले पालेको एउटा गाईमा  प्रजनन नहुने समस्या रहेको र कार्यालयबाट उपचारसँगै निःशुल्क औषधि पाएको उहाँले बताउनुभयो ।  प्रत्येक वर्ष एक पटक यस्ता कार्यक्रम गरेमा किसान लाभान्वित हुने उहाँले   बताउनुभयो ।कार्यालयका अनुसार जिल्लामा १३ हजार ४६१ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । अझै सात हजार २५४ मेटन दूध जिल्लाका लागि अपुग छ ।