गोरु काटेको अभियोगमा पक्राउ

गोरु काटेको अभियोगमा पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  चैत्र १२, २०७७

बागलुङ । गोरु काटेको अभियोगमा ढोरपाटन नगरपालिका–८ का  पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ढोरपाटन –८ भित्ताटोलका ४९ वर्षीय मनबहादुर विक, ४४ वर्षीय नन्दराम विक, ३८ वर्षीया पुनी विक, २६ वर्षीया मीना विक र ढोरपाटन –२ घर भई हाल वडा नं ८ भित्ताटोल बस्ने ३६ वर्षीय हरि परियार रहेका छन् ।

सुराकीका आधारमा घटनास्थलमा पुगेको प्रहरी चौकी ढोरपाटनको टोलीले उनीहरुलाई गोरुको मासुसहित नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक इग्वाल हवारीले जानकारी दिनुभयो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याई अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।