पानीजहाज ऐन संशोधन गर्दै मन्त्रालय

पानीजहाज ऐन संशोधन गर्दै मन्त्रालय

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ९, २०७६

काठमाडाैं । सरकारले ४९ वर्ष पहिले बनेको पानीजहाज दर्ता ऐन, २०२७ लाई समय सुहाउँदो बनाउन गृहकार्य थालेको छ ।

पानीजहाज कार्यालय स्थापना गरी कर्मचारीको व्यवस्था भएसँगै सरकारले ऐनसमेत समयानुकुल बनाउने गरी संशोधनका लागि गृहकार्य थालेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिब शिवहरि सापकोटाले पानीजहाज कार्यालय र कर्मचारीको व्यवस्था भएसँगै समयअनुसारको ऐनको आवश्यकता परेको बताउनुभयो ।

उहाँले ऐन संशोधन कार्यका लागि मन्त्रालयको व्यस्तता रहेको जिकिर गर्नुभयो । ‘मन्त्रालय ऐन संशोधन गर्नतिर व्यस्त छ । हामीले लगिरहेका छौँ’ –उहाँले भन्नुभयो । परामर्शदातामार्फत ऐन संशोधन गर्न गृहकार्य थालेको र केही दिनमै यो विषय टुंगिने उहाँको दाबी थियो । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।