के गर्दैछन् साना कम्युनिस्ट घटक ?

के गर्दैछन् साना कम्युनिस्ट घटक ?

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ९, २०७६

काठमाडौं । केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वको नेकपाले सोमबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा भव्य कार्यक्रमको तयारी गरिरहँदा अन्य केही कम्युनिस्ट घटकहरू भने पार्टी स्थापना दिवस ‘सर्वहारा शैली’मा मनाउने चाँजोपाँजो मिलाउँदै छन् ।

कम्युनिस्ट पार्टी स्थापनाको ७० औं वार्षिकोत्सव मनाउँदै गर्दा दुई तिहाइ मतसहित सत्तामा रहेको नेकपाले विभिन्न कालखण्डमा विभाजित पार्टी र आन्दोलनलाई एकताबद्ध गरेको दाबी गर्दै आएको छ । उसको यो दाबीसँग असहमत राख्ने झन्डै आधा दर्जन कम्युनिस्ट घटकहरू अस्तित्वमा छन् । त्यसैले कम्युनिस्ट पार्टी स्थापनाको ७० औं वर्षको कार्यक्रम उनीहरू आफ्नै कार्यालयमा मनाउँदैछन् ।

एकातिर दुई तिहाइ नेतृत्वको सरकारसहितको कम्युनिस्ट पार्टी छ, अर्कोतर्फ आफूलाई सच्चा ‘क्रान्तिकारी’ देखाउन खोज्ने साना कम्युनिस्ट घटकहरू छन् । उनीहरू विचारको राजनीति भन्दै पार्टीको छुट्टै अस्तित्व जोगाउन संघर्षरत छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।