कर्णालीका प्रदेश प्रमुखद्वारा होलीको शुभकामना

कर्णालीका प्रदेश प्रमुखद्वारा होलीको शुभकामना

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १५, २०७७

कर्णाली । कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले फागुपूर्णिमा ९होली०का अवसरमा प्रदेशवासी तथा सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । 

उहाँबाट आज जारी गरिएको शुभकामना सन्देशमा कोभिड– १९ को जोखिम कायमै रहेकाले उच्च सावधानी अपनाएर होली मनाउनसमेत आग्रह गर्नुभएको छ । प्रदेश प्रमुख कलौनीले सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस पर्वले मौलिक संस्कृतिको संरक्षण गर्दै समस्त नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ । 
    
प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज चैत १५ गते हिमाली र पहाडी जिल्लामा तथा भोलि १६ गते तराईका जिल्लामा मनाइँदै छ । वसन्तऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश लिई आउने फागुपर्व परम्परागतरूपमा विभिन्न रङहरू खेली मनाउने परम्परा छ ।