लोकसंवाद संवाददाता | ज्ञानविज्ञान | चैत १६, २०७७
सन् २००४ मा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एपोपफिस नामक क्षुद्र ग्रह पृथ्वीका लागि असाध्यै खतरा भएको बताएपछि आम मानिसमा त्रास उत्पन्न भएको थियो । नासाले १६ वर्षअघि निकालेको यो निष्कर्षले पृथ्वीमा ठोक्किएर ठुलो क्षति पुर्याउने सक्ने डर कायम थियो ।
तर नासाले यसबारेमा नयाँ तथ्य बाहिर ल्याउँदै कम्तीमा १०० वर्ष एस्टेरोइड एपोफिसले पृथ्वीलाई ठक्कर नदिने निष्कर्ष निकालिएको छ । नासाको यो हिसाब मानिस र पृथ्वीमा रहेका सबै जीवजन्तुका लागि खुसीको खबरका रुपमा लिन थालिएको छ । यसअघि गरिएका विभिन्न अध्ययनहरूमा एपोफिस सन् २०२९ र २०३६ मा पृथ्वीको नजिकै आउन सक्ने अनुमान गरिएको थियो ।
यसबारेमा गरिएको थप अध्ययनपछि सन् २०६८ मा खतरा हुनसक्ने अनुमान गरिएको थियो । तर हालै नासाले एस्टोरोइडबारे गरेको नयाँ विश्लेषणपछि कुनै पनि प्रकारको ठक्करको सम्भावना नरहेको निष्कर्ष निकालेको हो । नासाका लागि पृथ्वीका नजिक रहेका ग्रह र वस्तुहरूको अध्ययन गर्ने वैज्ञानिक मध्येका डेभिड फार्नोचियाले एक विज्ञप्ति जारी गर्दै भनेका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘सन् २०६८ मा कुनै खतरा छैन । हाम्रो विश्लेषणले कम्तीमा आगामी १०० वर्षसम्म कुनै खतरा उत्पन्न हुने छैन ।’ सो एस्टोनोइड हालै पृथ्वीको १ करोड १७ लाख किलोमिटर नजिक आएको थियो ।
खगोलशास्त्रीहरूले राडार पर्यवेक्षण मार्फत सोही समयमा उक्त एस्टोरोइडले सूर्यलाई घुम्ने कक्षको हिसाब गर्न सफल भएका हुन् । सो आधारमा नै आगामी १०० वर्षसम्म पृथ्वीमाथि खतरा नरहेको निष्कर्ष निकालेका हुन् ।
सन् २००४ मा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एपोपफिस नामक क्षुद्र ग्रह पृथ्वीका लागि असाध्यै खतरा भएको बताएपछि आम मानिसमा त्रास उत्पन्न भएको थियो । नासाले १६ वर्षअघि निकालेको सो निष्कर्षले पृथ्वीमा ठोक्किएर ठुलो क्षति पुर्याउन सक्ने डर थियो । तर नासाले यसबारेमा नयाँ हिसाब निकाल्दै कम्तीमा १०० वर्ष एस्टेरोइड एपोफिसले पृथ्वीलाई ठक्क नदिने निष्कर्ष निकालेको छ ।
अव्यवस्था र अन्धकारका प्राचीन इजिप्टेली देवताका नाम दिइएको एपोफिस करिब ३४० मिटर ब्यासको छ । फार्नोचियाले भनेका छन्, ‘मैले कलेज सकेर काम गर्न थाल्दा एपोफिसलाई खतराजन्य एस्टोरोइडको प्रमुख उदाहरणका रूपमा प्रस्तुत गरिन्थ्यो। अहिले त्यसलाई खतरा सूचीमा नरहेको बताउन पाउँदा खुसी महसुस भएको छ ।’
उनले भने, ‘सन् २०२९ मा एपोफिस पृथ्वीको अलि नजिक आउँदा अरू विभिन्न कुरा पत्ता लगाउने प्रतीक्षामा नासा छ ।’ उनका अनुसार एपोफिस १३ अप्रिल, सन् २०२९ मा पृथ्वीको ३२ हजार किलोमिटरको दुरीमा आउनेछ । सन २०२९ मा पृथ्वीको पूर्वी गोलार्धमा पर्ने एसिया, अफ्रिका र युरोपबाट टेलिस्कोप र बाइनाकुलरबिना नै देख्न सकिनेछ।
सन् २००४ मा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एपोपफिस नामक क्षुद्र ग्रह पृथ्वीका लागि असाध्यै खतरा भएको बताएपछि आम मानिसमा त्रास उत्पन्न भएको थियो । नासाले १६ वर्षअघि निकालेको सो निष्कर्षले पृथ्वीमा ठोक्किएर ठुलो क्षति पुर्याउन सक्ने डर थियो । तर नासाले यसबारेमा नयाँ हिसाब निकाल्दै कम्तीमा १०० वर्ष एस्टेरोइड एपोफिसले पृथ्वीलाई ठक्क नदिने निष्कर्ष निकालेको छ । नासाको यो हिसाब मानिस र पृथ्वीमा रहेका सबै जीवजन्तुका लागि खुसीको खबर हो । यसअघि गरिएका विभिन्न अध्ययनमा एपोफिस सन् २०२९ र २०३६ मा पृथ्वीको नजिकै आउन सक्ने अनुमान गरिएको थियो । यसबारेमा गरिएको थप अध्ययनपछि सन् २०६८ मा खतरा हुनसक्ने अनुमान गरिएको थियो । तर हालै नासाले एस्टोरोइडबारे गरेको नयाँ विश्लेषणपछि कुनै पनि प्रकारको ठक्करको सम्भावना नरहेको नासाका लागि पृथ्वीका नजिक रहेका ग्रह र वस्तुहरूको अध्ययन गर्ने वैज्ञानिक डेभिड फार्नोचियाले एक विज्ञप्तिमा भनेका छन् ।
उनले भनेका छन्, ‘सन् २०६८ मा कुनै खतरा छैन । हाम्रो विश्लेषणले कम्तीमा आगामी १०० वर्षसम्म कुनै खतरा छैन ।’ सो एस्टोनोइड हालै पृथ्वीको १ करोड १७ लाख किलोमिटर नजिक आएको थियो । खगोलशास्त्रीहरूले राडार पर्यवेक्षण मार्फत सोही समयमा उक्त एस्टोरोइडले सूर्यलाई घुम्ने कक्षको हिसाब गर्न सफल भएका हुन् । सो आधारमा नै आगामी १०० वर्षसम्म पृथ्वीमाथि खतरा नरहेको निष्कर्ष निकालेका हुन् ।
अव्यवस्था र अन्धकारका प्राचीन इजिप्टेली देवताका नाम दिइएको एपोफिस करिब ३४० मिटर ब्यासको छ । फार्नोचियाले भनेका छन्, ‘मैले कलेज सकेर काम गर्न थाल्दा एपोफिसलाई खतराजन्य एस्टोरोइडको प्रमुख उदाहरणका रूपमा प्रस्तुत गरिन्थ्यो। अहिले त्यसलाई खतरा सूचीमा नरहेको बताउन पाउँदा खुसी महसुस भएको छ ।’
उनले भने, ‘सन् २०२९ मा एपोफिस पृथ्वीको अलि नजिक आउँदा अरू विभिन्न कुरा पत्ता लगाउने प्रतीक्षामा नासा छ ।’ उनका अनुसार एपोफिस १३ अप्रिल, सन् २०२९ मा पृथ्वीको ३२ हजार किलोमिटरको दुरीमा आउनेछ । सन २०२९ मा पृथ्वीको पूर्वी गोलार्धमा पर्ने एसिया, अफ्रिका र युरोपबाट टेलिस्कोप र बाइनाकुलरबिना नै देख्न सकिनेछ।