भुसालकाे स्पष्टीकरण 'लाख–लाख अनुरोध छ, कमरेड ! पार्टीलाई अगाडि बढ्न दिनुस्' ! (पूर्णपाठसहित)

भुसालकाे स्पष्टीकरण 'लाख–लाख अनुरोध छ, कमरेड ! पार्टीलाई अगाडि बढ्न दिनुस्' ! (पूर्णपाठसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १७, २०७७

 काठमाडौँ । नेकपा एमालेका उपमहासचिवको हैसियतमा घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दोस्रो पटक  स्पष्टीकरण सोधेपछि जवाफ दिनु भएको छ । भुसालले बुझाएको स्पष्टीकरणमा ओलीलाई उल्टै स्पष्टीकरण माग गर्नु भएको छ । 

एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाको लागि साधारण सदस्यबाट निलम्बन  गरेको भोलिपल्ट २०७७ साल चैत्र १७ गते मङ्गलवार बुझाउनु भएको हो ।

एमाले महासचिव ईश्वर पोखरेले एमाले वरिष्ठ नेता माधव कुमार नेपाल,उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र पोलिटब्यूराे सदस्य सुरेन्द्र पाण्डेलाई एकै  दिन तीन  दिन भित्र  स्पष्टीकरण सोधिएको थियो । तीन दिन भित्र नबुझाई बस्नु भएका भुसालले बुझाउनु भएको छ । 

स्पष्टीकरणमा भनिएकाे छ-  सत्ता/शक्तिको भोगको हिसाबले तपाईँले पाउन अझै के बाँकी छ ? पार्टीलाई बन्धक बनाए/तपाईँले ती सबै पुरा गर्नु भयो । त्यही  अनुपातमा तपाईँले पार्टीको विचार, आदर्श, सामूहिकता, सामाजिकताजस्ता धरोहरहरू भत्काउँदै जानु भयो। अझै पनि हाम्रा अग्रजको त्याग–बलिदानले निर्माण गरेको केही विरासत बाँकी छन् जसमा आउने पिँडीले नेपाली जनताको, खासगरी श्रमजीवी वर्गको भरपर्दो लोकतान्त्रिक/क्रान्तिकारी पार्टीका रुपमा पुनर्जीवित गर्न सक्छन् । मेरो लाख–लाख अनुरोध छ, कमरेड ! यस पार्टीलाई अगाडि बढ्न दिनुस् । 

उपमहासचिव घनश्याम भुसालले  दिनु भएको स्पष्टीकरणको पूर्ण पाठ