सिङ्गो हिउँद पानी नपरेपछि तरकारी किसान बिलखबन्दमा

सिङ्गो हिउँद पानी नपरेपछि तरकारी किसान बिलखबन्दमा

लोकसंवाद संवाददाता  |  समाज  |  चैत्र १७, २०७७

महोत्तरी । होली ९फागु० पर्वको रमाइलो सकेका किसान खेतबारीमा बाली सुक्दै गएको देखेर बिलखबन्द परेका छन् ।चाडपर्वको रमझम सकेर खेतीपाती हेर्न थालेका महोत्तरीका तरकारी खेती गर्ने किसान तरकारीका बोट सुक्दै गएको देखेर बिलखबन्द परेका हुन् । लामो समयसम्म पानी नपरेर सिँचाइका अन्य विकल्प नपाइएपछि धमाधम बोटमै तरकारी सुक्न थालेकाले  किसानमा चिन्ता बढाएको हो ।

“खेतबारीमा भन्टा, परवल, घिरौँला, झिमनी, करेला, फर्सी र लौकासहितका तरकारीका बिरुवा  पानी विना सुकिरहेका छन्”, जिल्लाको भङ्गाहा नगरपालिका–४ का तरकारी किसान चन्देश्वर राय दनुवारले भन्नुभयो, “पानी पर्दैन, इनार धमाधम सुके, अब के गरौँ रु” उहाँले बिरक्तिँदै थप्नुभयो, “बारीमा लहलह बढ्नुपर्ने तरकारीका बिरुवा सुक्दै गएपछि  घरगुजारा केले टार्ने होला रु”  लामो खडेरीले तरकारी बाली बोटमै सुक्न थालेपछि किसानको पिरोलो बढेको हो ।
 
यसपालि सिङ्गो हिउँद पानी नपरी बित्यो । चैतमध्ये सकिँदासम्म पानी नपर्दा वैशाखे तरकारीका बोट र लहरा सुक्दै गएका छन् । यो वर्ष तरकारी खेतीका लागि एकपछि अर्को प्रतिकूलताले मन भाँचेको किसानको ठम्याइ छ ।  “नयाँ वर्ष लागेसँगै लकडाउनको मार प¥यो, फलेका तरकारी बजार लान नपाएर बोटमै बुढियो”, सोही बस्तीका अर्का किसान गङ्गाराम महतोले दिक्दारिँदै भन्नुभयो, “अघिल्लो बाली बोटमै बुढियो, अहिले वैशाखी ९गृष्मकालीन० तरकारी बाली पानीबेगर सुक्न थाल्यो ।”  

जिल्लाको उत्तरवर्ती क्षेत्रका भङ्गाहा, बर्दिवास, औरही र गौशाला नगरपालिका क्षेत्र तरकारी  बालीका लागि उर्वर ठाउँ मानिन्छन् । मुख्य बाली नै तरकारीलाई बनाएका किसान पानीको उपाय नहुँदा अहिले बिरक्तिएका हुन् । “बस्ती नजिकै जता हे¥यो, खोलाखोल्सी छन्”, बर्दिबास–९ पशुपतिनगरका किसान महेन्द्रसिंह कुशवाहाले भन्नुभयो, “तर खोलाखोल्सी सिँचाइका लागि नभएर बर्खे भेलमा खेतबारी बगाएर चिन्ता थप्ने मात्र छन् ।” गत वर्षामा रातु नदीको बाढीले बगर बनाएको खेत देखाउँदै महतोले भन्नुभयो, “खै हाम्रो त कर्म नै खोटो पो हो कि क्या हो।।।रु” स्थायी सिँचाइको कुनै व्यवस्था नभएको र अहिलेको लामो खडेरीले बस्तीका इनार धमाधम सुकेपछि पम्पसेट ९इनारबाट पानी तान्ने मोटर० को काम पनि सकिएको महतोको भनाइ छ ।
 
स्थायी सिँचाइको प्रबन्ध हुन नसकेको र इनार चापाकल धमाधम सुकेपछि किसान तरकारीका बोट सुकेको आँखाभरि आँसु टिल्पिल्याउँदै हेरिरहन बाध्य भएका छन् । यसपालि लामो हिउँद पानी नपरी बितेपछि पानीका स्रोतका मुहान सुक्दै जाँदा आपूmहरु बिलखबन्दमा परेको किसानको दुःखेसो छ । जिल्लामा मौसमी÷ बेमौसमी र वर्षभरिका विभिन्न याम ९ऋतु० मा गरी १० हजार हेक्टरमा तरकारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ ।