पाण्डेकाे स्पष्टीकरण : 'राज्यलाई आफ्नो गुटका हितमा दुरुपयोग गर्नु भयो' (पूर्ण पाठसहित)

पाण्डेकाे स्पष्टीकरण : 'राज्यलाई आफ्नो गुटका हितमा दुरुपयोग गर्नु भयो' (पूर्ण पाठसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १७, २०७७

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य  सुरेन्द्र पाण्डेलाई  सोधेको स्पष्टीकरणको जवाफ फर्काउनु भएको छ । 

 नेता पाण्डेको स्पष्टीकरणका प्रायः सबै कुरा यसअघि वरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष भीम रावल र उपमहासचिव  घनश्याम भुसालले दिएको स्पष्टीकरणसँग मिल्दोजुल्दो रहेको पाइएको छ । 

पाण्डेले ओलीमाथि पार्टी विभाजन गर्न खोजेको भन्दै २०७५ जेठ २ मा नफर्किए एमालेको एकता नजोगिने चुनौती दिँदै  'राष्ट्रिय अखण्डता र सार्वभौमिकताका प्रश्नलाई समेत
तपाईँले निजी मामिला बनाउनु भयो । सुशासनलाई तपाईँ आफैले खिल्ली उडाउनु भयो । सरकार र राज्यलाई आफ्नो गुटका हितको साधनका रुपमा दुरुपयोग गर्नु भयो । सत्ता, शक्ति र श्रोतको दुरुपयोग गर्नु भयो र त्यसलाई आफ्नो व्यक्तिगत महत्त्वाकाङ्क्षा पुरा गर्ने साधन बनाउनु भयो । विभिन्न मन्त्रालयहरूका अधीनमा रहेका संस्थाहरूलाई प्रधानमन्त्री कार्यालयका अधीनमा राखी तपाईँले दुरुपयोग गर्नु भयो र मन्त्रालयहरूलाई निकम्मा बनाउनु भयो ' भन्ने आरोप लगाउनु भएको छ ।

सुरेन्द्र पाण्डे एमालेका स्थायी कमिटी सदस्यको हैसियतले दिएको  स्पष्टीकरणको पूर्ण पाठ