मन्दिरमा भागदौड मच्चिँदा सातको मृत्यु, दस घाइते

मन्दिरमा भागदौड मच्चिँदा सातको मृत्यु, दस घाइते

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ९, २०७६

तमिलनाडुको तिरुचिरापल्ली स्थित एक मंदिरमा आइतवार आयोजित धार्मिक अनुष्ठानमा  भागदौड़ मच्चिँदा  सात श्रद्धालुको मृत्यु भएको छ । उक्त घटनामा दस जना घाइते समेत भएका छन् । 

 मुथियमपलयम गाउँको  करूपन्ना स्वामी मंदिरमा सिक्का वितरण समारोह आयोजना गरिएको थियो । समारोहमा जब पुजारीले सिक्का वितरण गर्न थाले तब सिक्का पाउन ठेलाठेल र भागदौड हुँदा ४ महिला सहित अन्य तीन  भक्तजनको मृत्यु भएको हो भने दसजना घाइते समेत भएक छन् । 

चित्र पुर्णमीको अवसरमा हरेक वर्ष यो सिक्का वितरण समारोहको आयोजना गरिन्छ । प्रहरीका अनुसार पुजारीले सिक्का बाँड्न थालेपछि भक्तहरुमा सिक्का प्राप्त गर्न भागदौड हुँदा घट्ना घटेको हो । 

मन्दिरका एक अधिकारीका अनुसार पूजाको अवसरमा भिड नियन्त्रण गर्ने कुनै उपाय गरिएको थिएन र पुलिसकर्मिको संख्या पनि भिड नियन्त्रणका लागि पर्याप्त थिएन् । 

मन्दिरको सिक्का प्राप्त गर्नाले सम्पन्नता प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको छ । 

करुपन्ना स्वामी मन्दिरमा पूजा पश्चात सिक्का बाँड्ने मुख्य कार्यक्रम हुने गरेको छ जसमा उक्त गाउँका श्रद्धालु मात्र नभएर पूरा इलाकाका हजारौं मानिसहरु आउने गरेका छन् । 

उपस्थित सबैमा मन्दिरमा वितरण गर्ने सिक्का पाउने लालसा हुन्छ । त्यस सिक्कालाई उनीहरु ढुकुटीमा लगेर राख्न चाहन्छन जसबाट सम्पन्नता प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ ।