१२ भारतीय मिसाइल तयार थिए : मोदी

१२ भारतीय मिसाइल तयार थिए : मोदी

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ९, २०७६

गुजरातको पाटणमा भएको एउटा चुनावी सभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘पाकिस्तानले हाम्रो पाइलट अभिनन्दनलाई नछाडेको भए त्यो दिन ‘कत्लको रात’ हुन्थ्यो ।   
गुजरात । चुनावी सभामा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन्, ‘पाकिस्तानमा खसेको हाम्रो पाइलट अभिनन्दन कसरी फिर्ता आए, त्यसबारे सम्पूर्ण जानकारी त अमेरिकाका उच्च पदस्थ अधिकारीलाई छ । तपाईंहरू यति बुझ्नुस्, सरदार पटेल जन्मेको भूमिको पुत्र अहिले प्रधानमन्त्री छ, अभिनन्दन त्यसैले फिर्ता आएका हुन् ।’ 

मोदीले गुजरातका २६ ओटै सिटमा भाजपालाई विजयी बनाउन मतदातालाई आग्रह पनि गरेका छन् । 

भारतले फेबु्रअरी २६ को राती पाकिस्तानमा पसेर बम खसाएको थियो । त्यसको भोलिपल्ट भारतीय सिमानामा पसेका पाकिस्तानी जहाजलाई पछ्याउँदै भारतका एक पाइलट पाकिस्तानमा बन्दी भएका थिए । 

चुनावी सभामा मोदीले त्यसबेला अमेरिकाबाट आएको वक्तव्यको चर्चा गर्दै भने, ‘अमेरिकाले भन्यो, यसपटक मोदीले केही ठूलो गर्छ, भारतले १२ मिसाइल तयार अवस्थामा राखेको छ । पाकिस्तानले भारतीय पाइलटलाई फिर्ता नगरे पाकिस्तानका लागि ‘कत्लको रात’ हुन्छ ।’

गुजरातका सम्पूर्ण सिटका लागि भोलि (अप्रिल २३ मा) निर्वाचन हुँदैछ ।