जिससको मूर्तिमा रगतका छिट्टा

जिससको मूर्तिमा रगतका छिट्टा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ९, २०७६

२१ अप्रिल आइतवारका दिन श्रीलंकामा भएको श्रृखंलाबद्ध बम विस्फोटमा मृतक संख्या २९० पुगेको छ । ४५० भन्दा बढी घाइते छन् । ईस्टरको अवसरमा चर्चलाई पनि आतंकवादीले निशाना बनाएका छन् ।

 नेगम्बोको सेन्ट सेबास्टियन चर्चमा भएको बम विस्फोटको भयावहता जिसस क्राइस्टको मूर्ति र वरिपरिका भित्तामा रगतका छिट्टा देखिन्छ । 

अहिलेसम्म कुनै पनि समूहले यस बम काण्डको जिम्मेवारी लिएको छैन् । श्रीलंकन पुलिस प्रवक्ता रुवान गुनसेकरा २४ जना व्यक्तिलाई हिरासतमा लिएको बताएका छन् । 

गुनसेकराले भने, प्रहरीले एउटा भ्यान कब्जामा लिएको छ, भ्यान ड्राइभर पनि हिरासतमा छन् । आतंककारीले यही भ्यान प्रयोग गरेको आशंका छ । 

अधिकांश बम विस्फोट राजधानी कोलम्बोमा भएका छन् । प्रहरीले आतंककारीले प्रयोग गरेको एउटा घरलाई पनि नाकाबन्दी गरेको छ । 

 श्रीलंका सरकारले देशभर कफ्र्यु घोषित गरेको छ । गृहयुद्ध समाप्ति पछि श्रीलंकामा भएको यो सबैभन्दा ठूलो नरसंहार हो । 

पहिलो बम विस्फोट कोलम्बोस्थित कोच्चिकाडेको सेंट एन्थनी चर्चमा बिहान ८ः३० मा भएको थियो । ईस्टरको प्राथनाका लागि चर्चमा सयौं व्यक्ति उपस्थित थिए ।