डिशहोमको नयाँ 'खुशीको उडान' योजना सुरु

डिशहोमको नयाँ  'खुशीको उडान' योजना सुरु

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र १९, २०७७

ललितपुर । डिशहोमले नेपालीहरुको विभिन्न उत्सवहरुलाई मध्यनजर गर्दै 'खुशीको उडान' योजना सुरु गरेको छ । आफ्ना सक्रिय ग्राहकहरुलाई अझ गुणस्तरीय सेवा दिने लक्ष्यका साथ यस योजना अघि सारिएको हो । यस योजनाले हरेक सक्रिय ग्राहकहरुलाई हरेक बिहीबार खास उत्साह र खुशी प्रदान गर्नेछ । 

यस योजना अन्तर्गत हरेक हप्ताको बिहीबार हुने लक्की ड्र बाट दुई भाग्यशाली जोडीहरुले बैंककको भ्रमण गर्न सक्नेछन् । लक्की ड्रमा सहभागीता जनाउनलाई  ग्राहकहरुले आफ्नो सदस्यतालाई डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफरबाट टप अप गर्नु पर्नेछ । साथै इ–वालेट एपस् र रिचार्ज कार्डहरुबाट रिचार्ज गरेर पनि ग्राहकहरु यस योजनामा सहभागी हुन सक्नेछन् । लक्की ड्रको घोषणा हरेक बिहीबार हुनेछ । 

लक्की ड्रको विजेताहरुको घोषणा ग्राहकहरुको सेटअप बक्समा भएको  CAS ID को आधारमा गरिनेछ । लक्की ड्रको सुरुवात चैत २६, २०७७ देखि हुनेछ भने डिशहोमका रियालिटी टिभी, रमाइलो टिभी, सरोकार टिभी र डिशहोम सोकेस च्यानलहरुमा हरेक बिहीबार पाँच बजे प्रत्यक्ष प्रसारण पनि गरिनेछ । 

सक्रिय ग्राहकहरुले आफ्नो नजिकैको डिशहोम डिलर वा डिशहोम ग्राहक सेवा केन्द«मा सम्पर्क गरी योजनाका बारेमा थप आधिकारिक जानकारी प्राप्त गर्न सक्नेछन् ।