राहुल गान्धीले स्वीकार गरे प्रधानमन्त्री चोर होइन्

राहुल गान्धीले स्वीकार गरे प्रधानमन्त्री चोर होइन्

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ९, २०७६

नयाँ दिल्ली, एएनआई । राफेल प्रकरणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चोर भन्दै आएका कांग्रेस अध्यक्ष राहुल गान्धीले अदालत समक्ष क्षमायाचना गरेका छन् । 

राहुल गान्धीले चुनाव प्रचारको क्रममा वारम्वार ‘चौकीदार चोर है’ को आरोप लगाउँदै आएका थिए । उनले दस अप्रिलका दिन अमेठीमा, अब त अदालतले पनि चौकीदारलाई चोर भनिसक्यो भनि बयान दिएका थिए । यसका विरुद्ध भाजपा सांसद मिनाक्षी लेखीले सुप्रिम कोर्टको अवमानना भएको भनि रिट दायर गरेकी थिइन् । 

सुप्रिम कोर्टले १५ अप्रिलका दिन राहुल गान्धीलाई नोटिस जारी गर्दै सात दिन भित्र स्पष्टिकरण पेश गर्न आदेश दिएको थियो । 

राहुल गान्धीले आज सोमवार लिखित स्पष्टिकरण दिंदै भनेका छन्, ‘म मान्छु सुप्रिम कोर्टले प्रधानमन्त्री नरेन्द्र मोदीलाई चोर भनेको छैन् । चुनाव प्रचारका क्रममा उत्तेजनावश मेरो मुखबाट यस्तो निस्किएको हो ।’ 

स्पष्टिकरणमा उनले कोर्ट समक्ष भविष्यमा यस्तो वयानबाजी नगर्ने प्रतिवद्धता जाहेर गरेका छन् । 

सुप्रिम कोर्टमा भोलि मंगलवार यस रिटमाथि सुनुवाई हुनेछ ।