नेकपा विवादमा पहिलेकै फैसला सदर

नेकपा विवादमा पहिलेकै फैसला सदर

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १९, २०७७

काठमाडौं । सर्वोच्च अदालतले नेकपा विवाद बारे परेको पुनरावेदन निवेदनमा पहिलेको निर्णयलाई स्वीकार गर्दै निस्सा दिन अस्वीकार गरेको छ । 

नेकपाको दर्ता खारेज गर्ने सर्वोच्च अदालतको फैसला सम्बन्धमा पुनरावलोकनका लागि माओवादी अध्यक्ष प्रचण्डले मंगलबार रिट दायर गर्नुभएको थियो । उक्त मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासमा आज चढेको थियो ।

तर अदालतले फागुन २३ कै फैसलालाई सदर गर्दै निस्सा दिन अस्वीकार गरेको हो । 

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० लाई विघटन गरी एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा ब्युँताउने सर्वोच्च अदालतले फागुन २३ गते फैसला गरेको थियो ।