संसारभरका दुई करोड मान्छेका एउटै पासवर्ड..‍‍‍‍‍‍‌‌‌.

संसारभरका दुई करोड मान्छेका एउटै पासवर्ड..‍‍‍‍‍‍‌‌‌.

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  बैशाख ९, २०७६

सामान्यतः आम मानिसहरु सजिलो पासवर्ड राख्न मन पराउँछन् । यसको कारण हो पासवर्ड सम्झन अप्ठेरो नहोस । पासवर्ड बिर्सिएर हुने हैरानी ब्यहोर्नु नपरोस । 

यसै सन्र्दभमा हालै एक अध्ययनले के देखाएको छ भने संसारका दुई करोड मान्छेको पासवर्ड एउटै छ । त्यो हो १२३४५६ । 

अध्ययनका अनुसार मानिसहरुलाई सजिलो पासवर्ड राख्दा हुने साइबर हमलाका बारेमा बुझाउँदा पनि सजिलो पासवर्ड नै राख्ने गरेको पाइयो ।   

ब्रिटेनको साइबर सेक्युरिटी सेंटर (एनसीएससी) ले पासवर्डको सचेतनाको विषयमा अध्ययन गरेको थियो । एनसीएससीले त्यस्ता डाटाबेसको अध्ययन गरेको थियो जसलाई  ह्याकरले निशाना बनाएका थिए । जसमा २.३ करोड पासवर्ड १२३४५६ पाइएको थियो । 

एनसीएससीका टेक्निकल डाइरेक्टर डा. इयान लेवीका अनुसार जसले सरल पासवर्डको प्रयोग गर्छ उसले सजिलै ह्याकिंगलाई सहयोग पुर्‍याइरहेको हुन्छ । आफ्नो पासवर्ड सुरक्षित बनाउनका लागि नामको पहिलो अक्षर, फुटबल टीम तथा मनपर्ने ब्याण्ड जस्ता सरल पासवर्डको प्रयोग गर्नु हुँदैन् । 

‘१२३४५६’ पछि सबैभन्दा सजिलै ह्याक हुने पासवर्डमा ‘१२३४५६७८९’, ‘qwert’ तथा ‘१११११११’ पर्छन् । यसका अतिरिक्त अध्ययनमा मानिसहरुले स्थानीय फुटबल टीम लिभरपुल तथा चेल्सीको प्रयोग पासवर्डका रुपमा धेरै गरेको देखियो भने संगीत सम्बन्धी ‘ब्लिंक–१८२’को प्रयोग पनि अत्यधिक रहेको अध्ययनले देखाएको छ ।