राहुल गान्धीको नामांकन पत्र वैध

राहुल गान्धीको नामांकन पत्र वैध

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ९, २०७६

कांग्रेस अध्यक्ष राहुल गान्धीको नामांकन पत्र अवैध भएको उजुरीका विषयमा अमेठी कलेक्ट्रेट स्थित जिल्ला अदालतमा भएको सुनुवाईमा दुबै पक्षका वकिलहरुले आफ्नो दलिल पेश गरेपश्चात अमेठी संसदीय निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतले उजुरी खारेज गर्दै नामांकन पत्र वैध भएको जनाएका छन् । गान्धीका वकिल के सी कौशिकले सम्पूर्ण आरोपको जवाफ दिएका थिए । 

कौशिकले राहुल गान्धी भारतमा जन्मिएको तथा उनले अन्य कुनै देशको नागरिकता नलिएको जानकारी गराए । उनीसँग भारतीय पासर्पोट रहेको तथा सन्
१९९५ मा क्याम्ब्रिज विश्वविद्यालयबाट एम फिल को डिग्री हासिल गरेको पनि कौशिकले बताए ।