घट्यो सुनको मूल्य, कति ?

घट्यो सुनको मूल्य, कति ?

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र २२, २०७७

काठमाडौं । आज (चैत्र २३ गते सोमबार) साताको दोस्रो दिन  नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आइतबार प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज प्रतितोला २ सय रुपैयाँले घटेर ८७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । 
यस्तै तेजावी सुन आज प्रतितोला ८६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता, चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेर १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।