सवारी दुर्घटनामा  एकजनाको मृत्यु, तीन घाइते

सवारी दुर्घटनामा  एकजनाको मृत्यु, तीन घाइते

लोकसंवाद संवाददाता  |  समाज  |  चैत्र २३, २०७७

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० भुटनदेवी मोडमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा १७ वर्षीय सगुन रुम्वाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१० का निवासी उहाँको आज उपचारका क्रममा चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

साथै सोही दुर्घटनामा तीनजना घाइते भएको र उनीहरुको हेटौँडामा उपचार भइरहेको  प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो । गएराति हेटौँडाको बुद्धचोकबाट कर्रातर्फ जाँदै गरेको ना४९प ६२२३ नंको मोटरसाइकल र विपरीत दिशाबाट  आउँदै गरेको ना४१प ६४३६ नंको  मोटरसाइकल भुटनदेवी मोडमा एकापसमा ठोक्किँदा सो दुर्घटना भएको बताइएको छ ।  

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइते भएकाहरु हेटौँडाका विज्ञान रुम्वा, विजय लामा र विक्रम  लामा रहेको बताइएको  छ ।  उपचारपछि रुम्वालाई प्रहरीले नियन्त्रणमा राखेको छ ।