पेट्रोलियम डिलर्स एसोसिएशनमा पुनः प्रधान

पेट्रोलियम डिलर्स एसोसिएशनमा पुनः प्रधान

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २४, २०७७

काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको अध्यक्षमा लीलेन्द्रप्रसाद प्रधान निर्वाचित हुनु भएको छ । प्रधान यस अघि पनि एशोसिएशनको अध्यक्ष हुनुहुन्थ्यो । 

प्रधानले अध्यक्षका अर्का प्रत्यासी नवीनचन्द्र श्रेष्ठलाई २ सय ५९ मतले पराजित गर्नुभएको हो । प्रधानले ३ सय २ मत ल्याउनु भएको थियो भने उहाँका प्रत्यासी श्रेष्ठले जम्मा ४३ मत मात्र प्राप्त गर्नु भएको थियो । 

शनिबार भएको मतदानमा अध्यक्षका प्रत्यासी नवीनचन्द्र श्रेष्ठसहितको प्यानललाई हराउँदै प्रधान नेतृत्वको प्यानल निर्वाचित भएको हो । एशोसिएशनको ४२ औँ साधारणसभा तथा राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा भारी मत प्राप्त गरी प्रधानको नयाँ नेतृत्व चयन भएको हो ।

कोरोना महामारीका कारण गत वर्ष रोकिएको एशोसिएशनको साधारणसभाको औपचारिक उद्घाटन शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गरेका थिए ।

वरिष्ठ उपाध्यक्षमा सुनिलकुमार गुरुङ, प्रथम उपाध्यक्षमा विनोदकुमार चौरसिया, द्वितीय उपाध्यक्ष सुनिलकुमार विडला, सचिवमा हिमाल गैरे र सहसचिवमा श्यामकुमार बुढाथोकी निर्विरोध निर्वाचित भएका हुन् ।

महासचिवमा विश्वप्रसाद अर्याल, कोषाध्यक्षमा चतुर्भुज सरिया निर्वाचित भएको एशोसिएशनले जनाएको छ ।

अध्यक्ष, महासचिव र कोषाध्यक्ष गरी तीन पदका लागि मतदान भएको थियो ।

कार्यकारी सदस्य ९नेपालभरबाट०मा भूपालराज कटुवाल, बाबुराम जमरकट्टेल, चन्दनकृष्ण श्रेष्ठ, गणेशबहादुर सिलवाल, गोपाल श्रेष्ठ, गोकर्णराज खड्का, हरिराम कसौधन र ईश्वर लामा निर्वाचित भएका छन् ।

अध्यक्ष निर्वाचित प्रधान नेपाली कांग्रेसका नेता समेत हुनुहुन्छ ।