चीनः विश्व अर्थतन्त्रको महत्वपूर्ण इन्जिन

चीनः विश्व अर्थतन्त्रको महत्वपूर्ण इन्जिन

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १०, २०७६

बेइजिङ । चीनले पछिल्लो समय बारम्बार दोहो-याउँदै आएको पदावली हो ‘सुधार र खुलापन।’ सुधार र खुलापन विशुद्ध आर्थिक मुद्दा हुन्। सन् १९७८ सम्म चीन बन्द समाज थियो। त्यतिबेलासम्म चीन विदेशीका लागि अहिलेको उत्तरकोरिया जस्तै थियो।

चीनमा लगानी गर्न न कुनै मुलुक तयार थिए न त चिनियाँले अन्य मुलुकमा लगानी गर्न सक्थे। माओ च तुङको मृत्युसँगै दसवर्षे सांस्कृतिक क्रान्तिको पनि अवशान भयो। त्यसपछि तङ स्यावो फिङ शक्तिमा आएपछि उनले सुरु गरेका हुन् सुधार र खुलापन। आन्तरिक राजनीतिमा सुधार गर्ने र बाह्य मुलुकका लागि खुला गर्ने कुराको सारांश नै सुधार र खुलापन हो।

सन् २०१२ मा चिनियाँ कम्युनिस्ट पार्टीको १८ औं महाधिवेशनबाट महासचिवमा सी चिन फिङ निर्वाचित भएपछि पश्चिमा मुलुकले उनलाई ‘हार्डलाइनर’ नेता भन्दै अब चीन फेरि सांस्कृतिक क्रान्तिताकाकै अवस्थामा फर्कन्छ भनेर विश्लेषण गरेका थिए। तर त्यस्तो भनाइलाई गलत साबित गर्दै सीले चीनलाई अझै खुला बनाएका छन् । आजको नागरिक दैनिकमा खबर छ ।