मञ्चमा अध्यक्षद्वयको हालीमुहाली, सभा छाडेर हिँडे नेपाल

मञ्चमा अध्यक्षद्वयको हालीमुहाली, सभा छाडेर हिँडे नेपाल

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १०, २०७६

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित नेकपाको ७० औं वार्षिकोत्सव कार्यक्रममा नौवटा कुर्सी मञ्चमा राखिएका थिए । सचिवालयमा रहेका नौ जनाका लागि राखिएका ती कुर्सीमध्ये दुइटा विशिष्ट खालका कुर्सी थिए– सोफावाला । अरू सातवटा सामान्य फलामका । अर्थात् विशिष्ट र कनिष्ठ झल्किने खालको दृश्य कुर्सीको व्यवस्थापनमा देखिन्थ्यो । 

झन्डै साढे १ बजे कार्यक्रम हलमा चार नेता अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल र महासचिव विष्णु पौडेल एकै पटक भित्रिए । उनीहरू छिर्नेबित्तिकै हलमा हुटिङ भयो । उनीहरूले अभिवादन गरे । त्यसअघि नै वरिष्ठ नेता झलनाथ खनाललगायतका मञ्चमा पुगिसकेका थिए । केपी ओलीको दायाँ सिटमा खनाल बसिसकेका थिए ।

पार्टीको वरिष्ठता क्रममा ओली र दाहालपछि नेपाल छन् । ओलीको दायाँ सिटमा खनाल, दाहालको बायाँ सिटमा वामदेव गौतम बसेका थिए । खनालभन्दा पल्लो सिटमा बस्नुपर्ने अवस्था नेपाललाई आयो । नेपाल पार्टीको वरिष्ठता क्रम ख्याल गर्ने नेता पर्छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।