सुन तोलामा पाँच सयले बढ्यो

सुन तोलामा पाँच सयले बढ्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र २५, २०७७

काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामा पाँच सय रूपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज (चैत्र २५ गते) बुधबार छापावाल सुन प्रतितोला ७८ हजार रूपैयाँ तोकिएको छ। हिजो तोलाको ७७ हजार ५ सय रूपैयाँमा  सुनको कारोबार भएको थियो । 

यस्तै, तेजाबी सुनको मूल्य पनि सोही दरमा बढेर प्रतितोला ७७ हजार ५ सय ५० रूपैयाँ कायम भएको छ । हिजो यसको मूल्य तोलामा ७७ हजार ५० रूपैयाँ थियो । 

चाँदीको मूल्य तोलामा १० रूपैयाँ बढेर १ हजार २ सय ४५ रूपैयाँ कायम भएको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।