चोरी सिकारी गरेको अभियोगमा दोषी प्रमाणित  भएका रेडपाण्डा सिकारी कारागार चलान

चोरी सिकारी गरेको अभियोगमा दोषी प्रमाणित  भएका रेडपाण्डा सिकारी कारागार चलान

लोकसंवाद संवाददाता  |  अपराध  |  चैत्र २६, २०७७

रसुवा । दुर्लभ रातो हाब्रे ९रेडपाण्डा ० चोरी सिकारी गरेको अभियोगमा दोषी प्रमाणित  भएका अभियुक्त  कारागार चलान भएका छन् । कारागार चलान हुनेमा रसुवा जिल्ला आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमे निवासी ४७ वर्षका  छवाङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

रातो हाब्रे ९रेडपाण्डा० चोरी शिकारी गरेको अभियोगमा  जिल्ला अदालतबाट विसं २०७५ सालमै दोषी प्रमाणित भएका तामाङलाई नियन्त्रणमा लिन प्रहरीले लामो प्रयास गरेको थियो । तातोपानी नजिकै गाईबस्तुको  गोठमा लुकिछिपी बसेको अवस्थामा  थाम्बुचेत प्रहरीले नियन्त्रयमा लिई कारागार चलान गरेको बताइएको छ । जिल्ला अदालतको फैसला बमोजिम पक्राउ परेका तामाङले एक वर्ष कैद भुक्तान गर्नुपर्ने बताइएको छ ।

विभिन्न मुद्दामा जिल्ला अदालतबाट दोषी प्रमाणित भई फरार सूचीमा रहेका व्यक्तिको खोजीकार्यलाई तीव्र रूपमा अगाडि बढाइएको प्रहरीले जनाएको छ ।