तोलामा हजार बढ्यो सुनको भाउ

तोलामा हजार बढ्यो सुनको भाउ

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र २६, २०७७

काठमाडौं । नेपाली बजारमा सुनको भाउ एक हजार रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज (चैत्र २६ गते बिहीबार) छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रूपैयाँ कायम भएको छ ।  हिजो यसको मूल्य तोलामा ८८ हजार रूपैयाँ निर्धारण गरिएको थियो । 

यस्तै, तेजाबी सुनको मूल्य पनि सोही दरमा बढेर प्रतितोला ८८ हजार ५ सय ५० रूपैयाँ कायम भएको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । हिजो यसको मूल्य तोलामा ८७ हजार ५ सय ५० रूपैयाँ कायम थियो । 

चाँदीको मूल्य भने तोलामा १५ रूपैयाँ बढेर १ हजार २ सय ६० रूपैयाँमा खरिदबिक्री भइरहेको छ ।