लकडाउनको भय र आतङ्क : कोरोनामाथि फेरि प्रधानमन्त्री ओलीको व्यङ्ग्य !

लकडाउनको भय र आतङ्क :  कोरोनामाथि फेरि प्रधानमन्त्री ओलीको व्यङ्ग्य !

आशिष पौडेल  |  दृष्टिकोण  |  चैत्र २६, २०७७

गत वर्ष चीनको वुहान बाट सुरु भएको भनिएको कोरोना भाइरसले आफूलाई स्थिर बनाउने प्रयत्न गरिएको देखिएन । भलै यो चीनको वुहानबाट सुरु भयो या यसको स्रोत अन्त कतै हो त्यसका बारेको विवाद आफ्नो ठाउँमा छँदै छ ।  अमेरिका र चीनबिच कहाँबाट सुरु भएको भन्ने यो लुँडाइले किनारा नपाउँदै कोरोनाले भने महामारीको रूप लिइसकेको थियो । 

यो विवादलाई विश्व स्वास्थ्य सङ्गठनका रिर्पोटले पनि खासै ठोस उत्तर दिन सकेन अर्थात् सकिरहेको छैन । घरी चीन भन्दा पहिले अमेरिकामा देखिएको थियो र घरी वुहान नै उत्पत्ति स्थल भन्ने सामान्य उल्झनमा फसेको देखिन्छ डब्लुएचओ पनि । 

आम मानिसलाई थाहा नभए पनि डब्लुएचओसँग कुनै आफ्ना वैज्ञानिक, अनुसन्धाता र विज्ञ नभएका कारण विज्ञ र अनुसन्धाताले दिएको रिर्पोटका आधारमा उसले पनि आफ्नो भनाई सार्वजनिक गर्दै आएको छ । त्यसले गर्दा उसका प्रतिवेदनहरू आफैँमा बाझेका छन् । 

एक दिन अघि डब्लुएचओले 'अब्जेक्ट' अर्थात् वस्तुबाट कोरोना सर्दैन भनेको कुराको खण्डन भोलिपल्ट उसकै रिर्पोटले गरिरहेको हुन्छ । जसले गर्दा सर्वसाधारण के कुरा पत्याउने र के कुरा गर्ने भन्ने असमञ्जसतामा परेको देखिन्छ । 

कुनै पनि गम्भीर कुरामा विज्ञको विना राय, सल्लाह बोल्दा आफू हलुका हुने कुरा प्रधानमन्त्रीले बुझ्नु भएको छैन भनेर मान्न पनि सकिन्न । र, अर्को कुरा भनेको त्यस्तै किसिमको गल्ती फेरि पनि दोहोराउनुले उहाँमा राजाको नयाँ लुगाको कथा जस्तै नागै हिँड्ने रहर जागेको त होइन भन्ने बुझिन्छ । आगे उहाँको मर्जी । पशुपतिनाथले सबैलाई सद्बुद्धि दिउन् ।

त्यसमाथि भाइरस एउटै स्वरूपमा रहँदैन र यसले आफ्नो स्वरूप परिवर्तन गरिरहने कारण यसका अनुसन्धाता र विज्ञलाई समेत यसको उपचारका लागि के गर्ने र कसो गर्ने भन्ने इतिहासमै एक किसिमको अप्ठेरो परेको देखिन्छ । 

भलै वैज्ञानिकहरूको कडा मेहनत र तथा लगानीका कारण यसको खोप उत्पादन गर्ने सफलता प्राप्त भएको छ । तर, फेरी उही वैश्य युगको विश्व अनि यस भित्रका अनेक जालझेल र तिकडमका कारण खोपमा पनि अनेक किसिमका राजनीति देखिएका छन् । नेपालमा गत वर्ष चैत ११ गतेबाट कोरोनाका कारण भन्दै एक एक हप्ता गरेर लागू गरिएको लकडाउन लामो समयसम्म कायम रह्यो । 

कुनै पनि गम्भीर कुरामा विज्ञको विना राय, सल्लाह बोल्दा आफू हलुका हुने कुरा प्रधानमन्त्रीले बुझ्नु भएको छैन भनेर मान्न पनि सकिन्न । र, अर्को कुरा भनेको त्यस्तै किसिमको गल्ती फेरि पनि दोहोराउनुले उहाँमा राजाको नयाँ लुगाको कथा जस्तै नागै हिँड्ने रहर जागेको त होइन भन्ने बुझिन्छ । आगे उहाँको मर्जी । पशुपतिनाथले सबैलाई सद्बुद्धि दिउन् ।

यसले एकातिर अर्थतन्त्र डामाडोल बनायो भने सर्वसाधारणको दिनचर्या र दैनिकी अभूतपूर्व रुपमा बदलियो । मान्छे दैनिक जीवन यापनका लागि जानुपर्ने काममा जान पाएन, स्कुल कलेज तथा कारखाना सबै बन्द भए । एक किसिमले भन्दा प्रकृतिले आम मानिसलाई घरमै नजरबन्द गर्‍यो । यसले आम मानिसको दैनिकी फेरिदियाे  । 

मनोसामाजिक समस्या देखि लिएर आर्थिक समस्याका कारण धेरै मानिस मानसिक रोगको सिकार सम्म हुन पुगे । र, यो अवधिमा कोरोनाका कारण भन्दा पनि मानसिक समस्याका कारण आत्महत्या गर्न बाध्य भए भन्ने तथ्याङ्क पनि नआएको होइन । तर, बिस्तारै सबै पक्षको प्रयास पछि प्रकोप कम भएका कारण मानिसको दैनिकी सामान्य बन्दै गएको छ । तर, अहिले फेरी कोरोनाको दोस्रो स्वरूपले युरोप तथा अन्य देशहरूमा लकडाउनको अवस्था आएको छ । 

ब्राजिलमा एकै दिन चार हजार मानिसको कोरोनाका कारण मृत्यु भएको छ भने हाम्रो छिमेकी मुलुक भारतमा अहिले दैनिक एक लाख भन्दा धेरैको सङ्ख्यामा सङ्क्रमित हुने गरेको समाचार आउन थालेको छ । 

यो बिचमा नेपालमा पनि कोरोनाको पहिलो चरणको खोप लगाइएको थियो । अक्सफोर्डको पहिलो चरणको झन्डै दश लाख खोप सकिएपछि अहिले चीनबाट खोप प्राप्त भएको छ । जसलाई लगाउने कार्य पनि सुरु भएको छ । तर, कोरोनाको दोस्रो संस्करणका लागि यो खोपले काम नगर्ने तथा खोप लगाएकामा पनि पुनः सङ्क्रमण देखिएकोले आम मानिस चिन्तित देखिन्छन् । 

कोरोनाको यो विकसित स्वरूप देशमा फैलनु अगाडि गर्नुपर्ने अत्यावश्यक कदम चाल्न सरकार कतै चुकेको हो कि भन्ने भान पनि हुन गएको छ । सीमा नाकामा कडाइ गर्ने, सीमा नाकाबाट नेपाल प्रवेश गर्नेमा कोरोनाको परीक्षण गर्ने, मास्कको प्रयोग गर्ने, सकभर सामाजिक दूरी प्रयोग गर्ने, अनावश्यक भिड तथा काम नपर्दा घर बाहिर ननिस्कने जस्ता सर्वसाधारण तथा सरकारका तर्फबाट गर्नुपर्ने सामान्य कुराको पनि पालना भएको देखिँदैन । 

यस्तो अवस्थामा पनि सरकारले दशरथ रंगशालमा दर्शकहरू भित्र्याएर फुटबल खेलाएको छ, सभा समारोहमा कुनै बन्देज गरिएको छैन । बजारका भीड कम भएको छैन । मानिसहरूले मास्कको प्रयोगमा सावधानी अपनाइ रहेका छैनन् । यी सबै काम, कर्तव्य हेर्दा हामीले कोरोनालाई ख्याल ख्यालका रुपमा लिएका छौँ कि भन्ने लाग्छ । खौलो नपरी डिंगो चेत्दैन भन्ने हाम्रो उखानै त छ । 

हाल देखिएको कोरोनाको दोस्रो भेरियन्ट पहिलेको भन्दा झन् कडा भएको पनि रिर्पोटमा जनाइएको छ । तर, अहिलेसम्म के गर्ने भन्ने बारेमा सरकारमा अलमलै देखिन्छ । पर्याप्त आइसोलेसन सेन्टर, र यदि कोरोना लागिहालेका खण्डमा पनि उपचारका लागि आवश्यक दक्ष जनशक्ति तथा अस्पतालको व्यवस्था भएको देखिंदैन् । 

पहिलो चरणको कोरोनाको सङ्क्रमणमा पनि हामीले पर्याप्त अस्पताल बनाउने, के के गर्ने भनेर खुब फलाक्यौँ तर, परिणाम शून्य रुपमा । कतै त्यो परिणाम शून्यताको परिणाम हामीले फेरि भोग्नु पर्ने त होइन ? यो सोचनीय तथा गम्भीर विषय भएको छ । पहिलो चरणको कोरोनाको समयमा पनि कोरोनाको विषयमा प्रधानमन्त्रीले दिएका अभिव्यक्तिले उहाँलाई विवाद तथा मजाकका रुपमा अगाडि लिएर आएको थियो । कोरोना भनेको केही होइन, सामान्य रुघाखोकी हो, तातो पानी खाएर, बाफ लिएर अनि यसो हाच्छ्युँ हाच्छ्युँ गरेर उडाइ दिए कोरोना केही होइन भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति विज्ञका तर्फबाट एकदमै आलोचित भएको थियो भने अन्यले यसलाई मजाक बनाएका थिए ।

प्रधानमन्त्रीका अभिव्यक्ति भाइरल मात्र भएनन् उहाँको अभिव्यक्तिलाई लिएर एउटा म्युजिक भिडियो नै निस्कियो । सो भिडियो समेत निकै भाइरल भयो, कोरोनाको औषधि त बेसार पानी रे भन्ने ।  अहिले कोरोनाको दोस्रो संस्करण सुरु हुन लागेका बेला प्रधानमन्त्रीले पूरा नै शैलीमा मजाक गर्नुभएको छ । प्रधानमन्त्रीले फेरि तातो पानीको बाफ लिने, नुन, पानीले कुल्ला गर्ने बानी बसाल्दा कोभिड सङ्क्रमणबाट जोगिन सकिने बताउनु भएको छ । 

प्रधानमन्त्रीले कोभिड–१९ विरुद्धको खोपले पूर्णपुरमा काम नगर्ने भएकाले अलि तातो तातो पानी लिँदै नस लिँदै नाक स्याकस्याक गरेर सफा गर्दा कोरोना नहुन बताउनु भएको छ ।  प्रधानमन्त्रीले कोरोना पहिले गएर नाकमा बस्ने हो कोरोना त्यहीँबाट फालिदिएपछि चैट, नुन, पानीले गार्गल गरिदियो, सकिन्छ, अम्बाका दुई वटा पात उमालिदिऊँ, बेसरी गार्गल गरिदिऊँ घाँटीमा बसेको चट, स्टिम लिइदिऊँ फोक्सोबाट चट भनेर एउटा प्रधानमन्त्री जस्तो देशको गरिमामय पदमा बसेको मान्छेले चटकीले गर्ने जस्तो कुरा गरेर कोरोनालाई मात्र होइन आफूलाई पनि हल्का बनाइरहनु भएको छ । 

उहाँले भने जस्तो त्यति सामान्य कुराबाट कोरोना जाने भए संसार किन यसरी रोएर बस्नु पथ्र्यो र । तर, कोरोनाको आफ्नो अघिल्लो अभिव्यक्तिमा आफ्नो मजाक बनिसकेपछि पनि फेरी यस्तै खाले अभिव्यक्ति दिनुले प्रधानमन्त्री कि त कोरोनाप्रति गम्भीर हुनुहुन्न वा आफूले कोरोनाका बारेमा अघिल्लो पटक दिएको अभिव्यक्ति पनि ठिक थियो भन्ने उहाँको बुझाइ हो भन्ने बुझिन्छ । 

कुनै पनि गम्भीर कुरामा विज्ञको विना राय, सल्लाह बोल्दा आफू हलुका हुने कुरा प्रधानमन्त्रीले बुझ्नु भएको छैन भनेर मान्न पनि सकिन्न । र, अर्को कुरा भनेको त्यस्तै किसिमको गल्ती फेरि पनि दोहोराउनुले उहाँमा राजाको नयाँ लुगाको कथा जस्तै नागै हिँड्ने रहर जागेको त होइन भन्ने बुझिन्छ । आगे उहाँको मर्जी । पशुपतिनाथले सबैलाई सद्बुद्धि दिउन् । अहिलेलाई यति नै भन्न सकिन्छ ।