कामदार तत्काल जापान जान नपाउने

कामदार तत्काल जापान जान नपाउने

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १०, २०७६

काठमाडौँ । नेपाली कामदार तत्काल जापानमा जान नपाउने भएका छन् । जापान रोजगारसम्बन्धी संयन्त्र तयार नभएका कारण तत्कालै कामदार जान सक्ने अवस्था नरहेको हो ।

रोजगारीको लागि जापानले संरचना निर्माण प्रक्रिया अघि बढाइएको छ । भाषाका लागि जापान फाउन्डेसन, सीपका लागि सम्बन्धीत व्यवसायको एसोसिएसनले सीप परिक्षण गर्नेछन् । नेपालका लागि सीप परीक्षणको परीक्षा लिन खुला भएका मध्ये कुनै पनि व्यवसायका एसोसिएसन तयार नभएको बताइएको छ । 

भाषा र सीप परीक्षामा उत्तीर्णको जापान सरकारले कुनै पनि रोस्टर तयार गर्दैन। आफूले उत्तीर्ण गरेको सीप र भाषाको प्रमाणपत्रका आधारमा जापानी रोजगारदातासँग सम्पर्क गरी रोजगारदाताले पठाएको करार सम्झौतापत्रका आधारमा मात्र सम्बन्धित कामदारलाई भिसा उपलब्ध हुन्छ।यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।