पत्रकार महासङ्घ मोरङमा खनाल विजयी

पत्रकार महासङ्घ मोरङमा खनाल विजयी

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २७, २०७७

मोरङ । नेपाल पत्रकार महासङ्घ मोरङको अध्यक्षमा प्रेस चौतारीका सञ्जीव खनाल विजयी हुनुभएको छ । यसैगरी उपाध्यक्षमा मोहन भट्टराई, महिला उपाध्यक्षमा तारा आचार्य र  सचिवमा नेत्र पी अधिकारी निर्वाचित हुनुभएको छ । सहसचिवमा पर्शुराम निरौला ९प्रशान्त० तथा समावेशी सहसचिवमा अनिल श्रेष्ठ विजयी हुनुभएको छ ।

सदस्यहरुमा दिलीप अग्रवाल, वीरेन्द्र साह, तेजन खड्का, राकेश कर्ण, एलिना दियाली, पवनकुमार साह, पदमकुमार सरदार, दीपा धिमाल, उषाकुमारी सरदार, बबिता साम्पाङ राई, गोपाल पोखरेल र सुरेश अधिकारी   विजयी हुनुभएको छ ।