डिशहोमको 'खुसीको उडान' योजनामा दुई जोडीलाई बैंकक भ्रमणको अवसर

डिशहोमको 'खुसीको उडान'  योजनामा  दुई  जोडीलाई बैंकक भ्रमणको अवसर

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र २७, २०७७

काठमाडौं । डिशहोमले भर्खरै नेपालीहरुको विभिन्न उत्सवहरुलाई मध्यनजर गर्दै 'खुशीको उडान'  योजना सुरु गरेको जनाएको छ । यस योजनाको लक्ष्य हरेक सक्रिय ग्राहकहरुलाई हरेक बिहीबार खास उत्साह र खुशी प्रदान गर्नु  रहेकाे पनि  डिशहोमले जनाएको छ ।  

डिशहोमका अनुसार यस योजना अन्तर्गत हरेक हप्ताको बिहीबार हुने लक्की ड्रबाट दुई भाग्यशाली जोडीहरुले बैंककको भ्रमण गर्न सक्नेछन् । लक्की ड्रमा सहभागी हुने ग्राहकहरुले आफ्नो सदस्यतालाई डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफरबाट टप अप गरेका हुन्छन् । साथै इ–वालेट एप्स् र रिचार्ज कार्डहरुबाट रिचार्ज गरेर पनि ग्राहकहरु यस योजनामा सहभागी हुन्छन् । ग्राहकहरुले वार्षिक रिचार्जमा विशेष छुट पनि प्राप्त गर्न सक्छन् । 

डिशहोम लक्की ड्रको पहिलो प्रत्यक्ष प्रसारण चैत २६, २०७७ मा पाँच बजे डिशहोमका रियालिटी टिभी, रमाइलो टिभी, सरोकार टिभी र डिशहोम सोकेस च्यानलहरुमा भयो । पहिलो प्रत्यक्ष लक्की ड्रको विजेता ग्राहकहरु निम्न हुनुहुन्छ –

१. CAS ID No. ०२५५८१३३९६०
२.CAS ID No. ०२५१९२५०८८५

डिशहोमा अब अर्को प्रत्यक्ष प्रसारण बैशाख ०२, २०७८ बिहीबार, माथि उल्लेखित च्यानलहरुमा नै हुनेछ । सबै सक्रिय ग्राहकहरु यस लाइभ लक्की ड्रमा सहभागी हुन सक्नेछन् । ग्राहकहरुले आफ्नो नजिकैको डिशहोम डिलर वा डिशहोम ग्राहक सेवा केन्द«मा सम्पर्क गरी योजनाका बारेमा थप आधिकारिक जानकारी प्राप्त गर्न सक्नेछन् ।