मेरो जन्मदिनमा

मेरो जन्मदिनमा

मदन राई 'लामाखुले'  |  साहित्य  |  चैत्र २८, २०७७

आकाशमा छरिएका ताराहरु 
डालामा जम्मागरेर
आज 
मेरो
जन्मदिनमा 
सजाउन चाहान्थे मँ ,
मेरागीतहरु 
र 
चम्किला ताराहरु मिसाएर
निक्केै सुन्दर परिकार
मेरा मान्छेहरुलाई
मेरा आफन्तलाई
मेरा मित्र साथिभाई लाई 
बाडन चाहान्थें मँ, 
अफ्सोस ताराहरु झुल्कनै पाएन
पर्खदा पर्खदै मेरोरात त्यसैबित्यो
तारा टिपेर धुमधाम 
जन्मदिन सजाउने मेरो ईच्छा
बादलले रातभर छोपीदियो,
घरको कौसिमा  आएर 
जुनले   आज मलाई चियाएनेछ
त्यै जुनलाई 
टपक्क टिपेर 
सारा मलाई बधाई दिने 
मेरा निम्तालुलाई 
एक एक टुक्रा बाड्ने 
मेरो ईच्छा थियो
ती सबै मेरा ईच्छा 
अधुरै रह्यो।