पत्रकार महासङ्घको सभापतिमा विपुल पोखरेल विजयी(सबै उम्मेदवारले प्राप्त मतसहित)

पत्रकार महासङ्घको सभापतिमा विपुल पोखरेल विजयी(सबै उम्मेदवारले प्राप्त मतसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २८, २०७७

काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिमा विपुल पोखरेल नेतृत्वको टिमले  विजयी हासिल गरेको छ। शनिबार सम्पन्न मतगणनामा पोखरेलले नेतृत्व गरेको टिमले करिब  तीन हजार बढी मत हासिल गर्दै निर्मला शर्माको टिमलाई पछि पारेर  जित हासिल गरेको हो।

यही चैत २५ गते देशभरका सबै जिल्ला, प्रदेश, प्रतिष्ठान र एसोसिट्स गरी  एकै पटक मतदान भएको थियो। झण्डै १३ हजार पत्रकारले नयाँ नेतृत्वका लागि मतदान गरेका थिए  ।प्रत्यक्ष प्रणालीबाट पहिलो पटक भएको नयाँ नेतृत्वको निर्वाचनमा विपुल पोखरेल र निर्मला शर्मा प्यानलसहित मैदानमा उत्रिएका थिए। 

केन्द्रीय समितिमा पोखरेल नेतृत्वको टिमले सम्पूर्ण पदमा जित हासिल गरेको छ। वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी उपाध्यक्ष उदय जीएम, महासचिवमा रोशन पुरी, खुला सचिवमा गोविन्द्रप्रसाद चौलागाईँ, महिला सचिवमा सिर्जना अर्याल तथा सचिव (आदिवासी जनजाति) मा नारायण सुन्दर किलम्बु विजयी भएका छन्।

त्यस्तै सचिव मधेसीमा दीपेन्द्र चौहान, सचिव एसोसिएटमा पवन आचार्य, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल,लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने विजयी भएको निर्वाचन  समितिले जनाएको छ ।