घनश्याम पथिकको नयाँ उपन्यास 'छुई'को लोकार्पण

घनश्याम पथिकको नयाँ उपन्यास 'छुई'को लोकार्पण

लोकसंवाद संवाददाता  |  साहित्य  |  चैत्र २८, २०७७

काठमाडौं । स्रष्टा घनश्याम पथिकको नयाँ उपन्यास 'छुई' २०७७ चैत्र २८ गते शनिबार लोकार्पण   गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा हास्य कलाकार मनोज गजुरेल, नायिका ऋचा शर्मा र मिस नेपाल शृङ्खला खतिवडाले उक्त उपन्यास लोकार्पण  गर्नु भएको हो । 

कार्यक्रममा गजुरेलले खतिवडा र शर्मासँग 'छुई संवाद' गर्नु भएको थियो । नेपाली समाजमा युवती र महिलामा हुने रजस्वलालाई लिएर लेखिएको उपन्यासमा नेपाली समाजको रजस्वलालाई हेर्ने र महिनावारी भएका युवती र महिलालाई गर्ने व्यवहारलाई अनेक कोणबाट प्रस्तुत गरिएको वक्ताहरूको भनाइ थियो ।

लेखक पथिकले सामाजिक विकृतिको उक्त पाटोका कारण नेपाली महिलाले खेप्नुपरेको तनावलाई उपन्यासमा प्रस्तुत गर्नु भएकाे बताउनु भयो । यो समस्या आमसमस्या भएकाले यसमा सुधारको खाँचो रहेको उहँँको भनाइ थियो ।

शिखा बुक्सले प्रकाशन गरेको 'छुई'को मूल्य ४२५ रुपैयाँ  रहेको छ ।