मानक नेपाली भाषा संजालको अध्यक्षमा पुनः प्रा.डा. लुइँटेल

मानक नेपाली भाषा संजालको अध्यक्षमा पुनः प्रा.डा. लुइँटेल

लोकसंवाद संवाददाता  |  साहित्य  |  चैत्र ३०, २०७७

काठमाडौँ । नेपाली भाषालाई स्तरीय बनाउने र मानक नेपाली भाषाको संरक्षण रसंवर्द्धन गर्ने अभियानका लागि स्थापित मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय संजालको नयाँ समिति निर्विरोध निर्वाचित भएको छ ।

२९ चैतमा सम्पन्न अधिवेशनले प्रा. डा.  खगेन्द्रप्रसाद लुइँटेललाई पुनस् अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ भने वरिष्ठ उपाध्यक्षमा सहप्राध्यापक डा. भरतकुमार भट्टराई, उपाध्यक्षमा नरनाथ लुइँटेल, महासचिव प्रा. डा.  लक्ष्मणप्रसाद गौतम, सचिव घनेन्द्र ओझा, कोषाध्यक्षमा  सहप्राध्यापक डा. नारायण शर्मा गैरेलाई निर्वाचित गरेको छ । 

यसरी नै सदस्यमा केशव सिग्देल, प्रतीक ढकाल र लीला लुइँटेल निर्वाचित भएको निर्वाचन समितिका संयोजक प्रा. डा.  देवीप्रसाद गौतमले जानकारी दिनुभएको छ  ।