भारतका पूर्वक्रिकेटर गौतम गम्भीरको राजनीतिमा ‘ओपनिङ’

भारतका पूर्वक्रिकेटर गौतम गम्भीरको राजनीतिमा ‘ओपनिङ’

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १०, २०७६

काठमाडौं । भारतीय टोलीका पूर्व‘ओपनर ब्याट्सम्यान’ गौतम गम्भीरले राजनीतिमा ‘ओपनिङ’ गरेका छन् । 

लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा)को तर्फबाट इस्ट दिल्लीको उम्मेदवार बनेपछि गौतमको राजनीतिक यात्रा सुरु भएको हो । भाजपाले हिजो साँझ यो सिटका लागि गौतमको नाम सार्वजनिक गरेको हो ।  

गौतम गत मार्चमा भाजपामा आवद्ध भएका थिए । 

यो सिटमा कांग्रेसले अरविन्दर सिंह लवलीलाई उम्मेदवार बनाएको छ । दुवै उम्मेदवार लोकप्रिय भएकाले चुनावी प्रतिष्पर्धा रोचक हुने आँकलन गरिएको छ । गौतम क्रिकेट खेलाडीका रूपमा चर्चित छन् भने सिंह राजनीतिज्ञका रूपमा । तर, कसले चुनाव जित्छ भन्ने आँकलन गर्न भने सहज छैन । 

पछिल्लो चुनावमा भने यो सिट भाजपाका महेश गिरीले जितेका थिए ।