आइपिएल फाइनल हैदरावादमा
चेन्नईको चिदम्बरम स्टेडियमले तीन स्ट्याण्ड खोल्न अपेक्षित अनुमति नपाएपछि हैदरावादमा खेल सारियो : राय
बैशाख १०, २०७६

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)को फाइनल खेल मे १२ मा हैदरावादको राजीव गान्धी इन्टरनेसनल स्टेडियममा हुने भएको छ । 

चेन्नईको चिदम्बरम स्टेडियमले बन्द गरिएका तीन स्ट्याण्ड (आई, जे र के) खोल्ने अनुमति नपाएपछि हैदरावादमा आइपिएलको फाइनल हुन लागेको हो । आइपिएलको नियम अनुसार अघिल्लो सिजन विजेताको घरेलु मैदानमा फाइनल खेल खेलाइन्छ । 

‘चेन्नईको चिदम्बरम स्टेडियमले तीन स्ट्याण्ड खोल्न अपेक्षित अनुमति पाउन सकेन,’ प्रशासककी समिति (सिओए) प्रमुख विनोद रायले पिटिआईलाई उध्दृत गर्दै भने, ‘त्यसैले चेन्नईबाट हैदरावाद खेल सार्नुपर्यो ।’ 

यो स्टेडियममा सन् २०१२ देखि भारत–पाकिस्तानको खेलबाहेक यी स्ट्याण्ड बन्द अवस्थामा छन् । 

चेन्नई निगमद्वारा निर्माण गरिएका यी स्ट्याण्ड निर्धारित मापदण्ड अनुसार नभएको दाबी गरिएको छ । यी स्ट्याण्डमा १२ हजार सिट छन् ।