कोरोनाको नयाँ भेरियन्टः बालबालिकामा झाडा बान्ता, कमजोर हुने र थकाइका नयाँ लक्षण

कोरोनाको नयाँ भेरियन्टः बालबालिकामा झाडा बान्ता, कमजोर हुने र थकाइका नयाँ लक्षण

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १, २०७८

पछिल्लो समयमा विश्वभरि नै कोरोना भाइरसको नयाँ भेरियन्टको त्रास बढ्दो र फैलदो अवस्थामा छ । विश्वभर नै कोरोना संक्रमितको संख्यामा उच्च वृद्धि भइरहँदा छिमेकी राष्ट्र भारतमा दैनिक १ लाख ७० हजारभन्दा बढीको संख्यामा कोरोना संक्रमित देखिन थालेपछि नेपालमा समेत पुनः संक्रमणले तीव्रता पूर्वानुमान गरिदैछ ।  यसअघि कोरोना भाइरसबाट सबैभन्दा बढी जेष्ठ नागरिकहरु प्रभावित बनेको आकडाहरुले देखाउँछ भने  यसपटक भने बालबालिकामा समेत कोरोना भाइरस संक्रमण दर बढेको  पाइएको छ ।

नेपालमा समेत पछिल्लो समयमा बालबालिकामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण दर बढी देखिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शहरी क्षेत्रका विद्यालयको पठनपाठन बन्द गर्ने प्रस्ताव गरिरहेको छ । 

मन्त्रालयले अनलाइन माध्यमबाट पठनपाठन सञ्चालन गर्न सुझाव दिइसकेको छ भने २०७७ चैत्र ३० गते सोमबारको मन्त्रिपरिषद् बैठकले प्रस्तावलाई स्वीकृति भने दिइसकेकाे भने छैन्  । विद्यालय खोल्नुपर्ने पक्षमा सबैभन्दा बढी निजी विद्यालयका सञ्चालकहरु र तीनका संस्थाहरुको दबाब  दिदै आइरहेका छन् । सरोकारवालाले समेत स्वास्थ्य सावधानी अपनाएर विद्यालय खोल्नुपर्ने अडान राखेपछि सरकार तत्काललाई विद्यालय चलाउन दिने निश्कर्षमा पुगेको छ । तर विद्यालयले भौतिक दुरी, स्वास्थ्य सुरक्षाका मापदण्ड भने पूरा गर्नुपर्नेछ । जोखिम रहँदा रहँदै विद्यालय सञ्चालकको दबाबमा परेर विद्यालय बन्द नगरेकोमा भने कतिपय सराेकार वाला र त कतिपय अभिभावकले असन्तुष्टि  प्रकट भइरहेका छन् । 

कोरोना भाइरसको संक्रमणको त्रास बढ्दै जाँदा गत साता एक बालकको मृत्यु नै भएको छ । करिब दुई सातामा कोरोना संक्रमित बालबालिकाको संख्या बढ्न थालेको छ । बालबालिकाको परीक्षण बाबुआमामा कोरोना भाइरस देखिएमा, कन्ट्याक्ट ट्रेसिङमा परेमा वा बालबालिका बिरामी परेमा कोरोना परीक्षण गर्ने गरिएको छ । गत वर्ष २० वर्षभन्दा कम उमेरका कोरोनाभाइरस संक्रमितको संख्या ८ प्रतिशतभन्दा कम थियो । अहिले भने १० प्रतिशतभन्दा माथि पुग्ने र दैनिक ११ हजार संक्रमित देखिसक्ने अनुमान छ । सबैभन्दा बढी सहरी क्षेत्रमा संक्रमणदर तीव्र बनिरहेको छ । काठमाडौंमा १० वर्षभन्दा कम उमेरका ६ प्रतिशत र १० देखि २० वर्ष उमेरका १० प्रतिशत कोरोना संक्रमित पाइएको बताइएको छ । विद्यालय खुला हुँदा स्वास्थ्य मापदण्ड र सावधानी नहुने तथा विद्यालयमा भौतिक दुरीको व्यवस्था नहुँदा बालबालिकामा थप संक्रमण फैलिने त्रास बढी रहेको छ । 

बालबालिकामा कोरोनाभाइरसको संक्रमण बढिरहेका बेला विद्यालयहरू कसरी सञ्चालन गर्ने भन्नेबारे शिक्षा मन्त्रालयले शिक्षक संघ, अभिभावक संघ, निजी विद्यालयका संगठनहरूसँग छलफल समेत भइसकेको छ ।स्वास्थ्यविद्हरूले तत्कालका लागि बालबालिकाको संक्रमण रोक्न विद्यालय बन्द गर्न सुझाव दिएपनि विद्यालय सञ्चालकहरूले त्यसो नगर्न मानिरहेका छैनन् ।

पहिलाको भन्दा अहिले संक्रमणको प्रकृति फरक रहेको चिकित्सकहरुले दावी गरिरहेका छन् । अहिलेको कोरोना भाइरस भेरियन्टले बालबालिकालाई धेरै असर गरेको देखिएको छ । पहिलाको भन्दा लक्षण पनि फरक रहेको उनकाे दावी छ । पहिला कोरोना भाइरसको लक्षणमा उच्च ज्वरो आउने, सुक्खा खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, स्वाद गन्ध हराउने थियो । अहिले झाडाबान्ता हुने, एकदमै कमजोर महसुस हुने र थकाइ लाग्ने जस्ता थाप लक्षण देखिने गरेका छन् । 

दक्षिण एशियाका भारत, पाकिस्तान र बंगलादेशमा विद्यालय बन्द छन् । बंगलादेशमा एक वर्षभन्दा लामो समयदेखि विद्यालय बन्द रहेका छन् । पाकिस्तानमा पनि विद्यालय बन्द गरिएको छ । नेपालमा अहिलेसम्म विद्यालय बन्द नगरिएपनि विद्यालय बन्द गर्ने विषयमा बहस भने सुरु भएको छ । यतिबेला कोरोना नियन्त्रणका लागि लकडाउनदेखि सामाजिक दुरीका नियम पालना गराउने सम्मका चर्चा अघि बढिरहेका छन् ।