श्रोत नखुलेको ८ लाख रुपैयाँ सहित भगवान् प्रसाद कलवार पक्राउ !

श्रोत नखुलेको ८ लाख रुपैयाँ सहित भगवान् प्रसाद कलवार पक्राउ !

लोकसंवाद संवाददाता  |  अपराध  |  बैशाख २, २०७८

पर्सा । वीरगञ्ज महानगरपालिका- ६० स्थित सडकबाट श्रोत नखुलेको ८ लाख रुपैयाँ सहित सोही महानगरपालिका-३ छप्कैया बस्ने ४८ वर्षीय श्रीभगवान प्रसाद कलवारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले साईकलमा सवार कलवारलाई जाँच गर्ने क्रममा उक्त श्रोत नखुलेको रकम फेला पारी पक्राउ गरेको हो । 

उनी उपर ल्याई वैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विपरीतको कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।