संघीय शिक्षा ऐनको माग गर्दै भोली बैशाख ११ गते शिक्षाविदहरु  सडकामा आउने

संघीय शिक्षा ऐनको माग गर्दै भोली बैशाख ११ गते शिक्षाविदहरु  सडकामा आउने

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १०, २०७६

काठमाडौं । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको आयोजनामा शिक्षाविद तथा अधिकारकर्मी सहितको नागरिकहरुको सहभागितामा २०७६ साल बैशाख ११ गते बुधबारका दिन  प्रदर्शनी हुने भएको छ । 
 उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न तथा संघीय शिक्षा ऐन तत्काल जारी गर्न दबाब सिर्जना गर्न उद्देश्यले  नागरिक समाजको प्रदर्शनी  शिक्षाका लागि राष्ट्रिय अभियान नेपालद्धरा आयोजित पत्रकार सम्मलेनमा उपरोक्त कुराको जानकारी गराइएको हो । 

विगत बर्षहरुमा जस्तै  शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह ‘समावेशी, समतामुलक, गुणस्तरीय, निःशुल्क सार्वजानिक शिक्षा सम्बन्धी अधिकारलाई व्यावहारत सुनिश्चित गरौँ’ FÚ (Making the right to an inclusive, equitable, quality, free public education a reality) भन्ने मूल विषय तथा ‘मेरो शिक्षाः मेरो अधिकार’ (My Education My Rights) भन्ने नाराका साथ यही अप्रील २४ देखि ३० सम्म नेपाललगायत विश्वका १०० भन्दा बढी देशहरुमा नागरिक समाजका संघसस्था तथा प्रतिनिधिहरुले विभिन्न कार्यक्रमहरु गरी मनाइँदै  आएको सन्दर्भ पारेर उक्त कार्यक्रमको आयोजना गरिएको हो । 

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न तथा संघीय शिक्षा ऐन तत्काल जारी गर्न दबाब दिनुका साथै सार्वजनिक शिक्षालाई निःशुल्क, गुणस्तरीय, अनिवार्य तथा जीवनोपयोगी बनाउनका निमित्त आवश्यक पर्ने लगानीको सुनिश्चितताका निमित्त संघ, प्रदेश र स्थानीय सरकारद्वारा ध्यान दिन र शिक्षा क्षेत्रमा संघीय सरकारद्वारा हालको बजेट भन्दा कम्तिमा दोव्वर बजेट विनियोजन गरियोस् र स्थानीय एवं प्रादेशिक तहमा कुल बजेटको कम्तिमा २० प्रतिशत बजेट विनियोजन  गर्न समेत शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले माग गरेको छ । साथै नेपालको संविधानले मौलिक हकको रुपमा व्यबस्था गरेको निःशुल्क तथा अनिवार्य शिक्षासम्बन्धी अधिकार कार्यान्वयन गर्न स्थानीय, प्रादेशिक तथा संघीय सरकारद्वारा आ–आफ्नो तर्फबाट गम्भीर रुपमा ध्यान दिन समेत माग गरेको छ । 

शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह अन्र्तगत सार्वजनिक शिक्षाको अवस्था चित्रण तथा राजनीतिक दलका शिर्षस्थ नेताहरुमार्फत सार्वजनिक शिक्षा सुदृढीकरणबारे लगायतका विविध गतिविधि सहितका कार्यक्रम तय गरिएको जानकारी समेत दिइएको थियो । काठमाडौमा रहेका करिब पाँच दर्जन संघसंस्थाको सहभागितामा उक्त नागरिक प्रदर्शन हुने जनाइएको छ ।