स्कुटर चोरीको अभियोगमा सन्तोष परियार पक्राउ

स्कुटर चोरीको अभियोगमा सन्तोष परियार पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  बैशाख २, २०७८

कास्की । पोखरा महानगरपालिका-१४ छिनडाँडास्थित खाजाघरबाट ग.९ प ४०२७ नम्बरको स्कुटर चोरी गरेको अभियोगमा रुपा गाउँपालिका-४ स्यालडाँडा बस्ने २० वर्षीय सन्तोष परियारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

उक्त खाजाघरबाट सोमबार राति स्कुटर चोरी भएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हंशपुर मुकाम शिसुवा डाँडाकोनाकबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका-२७ डाँडाकोनाकस्थित बिजयपुरदेखि तालचोकतर्फ जाँदै गरेको उक्त स्कुटर सहित फेला पारी परियारलाई पक्राउ गरेको हो । 

उनी उपर चोरी तथा डाँका कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ८ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।