कांग्रेस अध्यक्ष राहुललाई सर्वोच्चको अर्को नोटिस

कांग्रेस अध्यक्ष राहुललाई सर्वोच्चको अर्को नोटिस

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १०, २०७६


कांग्रेस अध्यक्ष राहुललाई राफेलको राहुले पिरोल्दै गइरहेको छ 

राफेल सम्बन्धी विवादमा सुप्रिम कोर्टले आज फेरि राहुललाई नोटिस जारी गरेको छ । 

काठमाडौं । कांग्रेस अध्यक्ष राहुल गान्धीले दिएको सपष्टिकरणले भारतको सर्वोच्च अदालतको चित्त बुझेन् । सर्वोच्च अदालतले राहुल गान्धीलाई आज पुनः अर्को नोटिस जारी गरेको छ । यस नयाँ नोटिसको २९ अप्रिलसम्म जवाफ दिने समयसीमा तोकिएको छ । 

पहिलो नोटिसमा राहुल गान्धीले लेखेको जवाफले कोर्ट सन्तुष्ट नभएर उनलाई अर्को नोटिस दिइएको हो । 

राहुल गान्धमिाथि माजपा सांसद मिनाक्षी लेखीले कोर्टको अवमानना गरेको याचिका दायर गरेकी थिइन् ।

आफ्नो स्पष्टिकरणमा राहुलले आफ्नो गल्ती स्वीकार गर्दै उत्तेजनावश चुनावी भाषणमा सर्वोच्च अदालतको नाम पर्न गएको उल्लेख गरेका थिए ।