पश्चिम बंगालमा बम्पर भोटिङ

पश्चिम बंगालमा बम्पर भोटिङ

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १०, २०७६

काठमाडौं, एजेन्सी । भारतमा आज भैरहेको मतदानमा औसत ५२ प्रतिशत मतदान भएको छ । 

१५ राज्यको ११६ सिटका लागि चलिरहेको मतदानमा सबैभन्दा बढी ६८ प्रतिशत मतदान पश्चिम बंगालमा भएको छ । गएको दुई चरणमा पनि सबैभन्दा बढी मतदान पश्चिम बंगालमै भएको थियो । 

दिउँसो ४ बजेसम्म आसाम राज्यमा ६३ प्रतिशत, विहारमा ४७ प्रतिशत, गोवामा ५९ प्रतिशत, गुजरातमा ५० प्रतिशत, कर्नाटकमा ५१ प्रतिशत, केरलमा ५७ प्रतिशत, महाराष्ट्रमा ४५ प्रतिशत, उडीसामा ४७ प्रतिशत, त्रिपुरामा ६७ प्रतिशत, उत्तर प्रदेशमा ४७ प्रतिशत र छत्तिसगढमा ५७ प्रतिशत मतदान भएको विभिन्न भारतीय एजेन्सीले जनाएका छन् । 

प्रसिद्ध सामाजिक कार्यकर्ता अन्ना हजारेले महाराष्ट्र राज्यको अहमद नगर जिल्लाको रालेगण सिद्धिमा मतदान गरे । 

भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणीले गुजरात राज्यको अहमदावादस्थित शाहपुर मतदान केन्द्रमा भोट हाले ।  

प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो गृहराज्य गुजरातमा भोट हालेपछि आमा हिरा बेनसँग भेट गरेका थिए ।