पूर्व राष्ट्रपतिको सुरक्षामा ३० सुरक्षाकर्मी, पूर्वाराजालाई ९६ प्रहरीको पहरा

पूर्व राष्ट्रपतिको सुरक्षामा ३० सुरक्षाकर्मी, पूर्वाराजालाई ९६ प्रहरीको पहरा
पूर्वराजा ज्ञानेन्द्र शाह ।

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ११, २०७६

काठमाडौं । गणतन्त्र नेपालका पहिलो राष्ट्रपति रामवरण यादवको सरक्षामा ३० जना सुरक्षाकर्मी खटिएका छन् । तर, पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि भने तीन गुणाभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ । 

पूर्वराजाको सुरक्षामा सशस्त्र प्रहरी बलबाट दुई डिएसपी खटिएका छन् । एक डिएसपीको नेतृत्वमा ४० प्रहरीले पूर्वराजाको ‘क्लोज सर्किट’मा काम गर्छन् । सइको कमान्डमा जागार्जुननिवासको सुरक्षामा १५ जना खटिएका छन् । त्यस्तै, पूर्वराजाको निजी निवासको सुरक्षामा अर्का डिएसपीको नेतृत्वमा ४१ प्रहरी खटिएको समाचार नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन् ।